केप भर्डेका काब्रलले गरेको गोल फिफा विश्वकप-२०२६ को उत्कृष्ट गोल घोषित
सारांश
- केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रलले अर्जेन्टिनासँगको खेलमा गरेको गोल फिफा विश्वकप २०२६ को 'गोल अफ द टुर्नामेन्ट' घोषित भएको छ ।
- फिफाले सार्वजनिक गरेको समर्थक मत परिणामअनुसार काब्रलले गरेको आकर्षक कर्लिङ प्रहार प्रतियोगिताको उत्कृष्ट गोलका रूपमा चयन भएको हो ।
- यद्यपि, अतिरिक्त समयमा काब्रलले गरेको गोलले खेललाई २-२ को बराबरीमा पुर्याएपनि केप भर्डे ३-२ ले पराजित भयो ।
काठमाडौँ । केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रलले अर्जेन्टिनासँगको खेलमा गरेको शानदार गोल फिफा विश्वकप २०२६ को ‘गोल अफ द टुर्नामेन्ट’ (प्रतियोगिताकै उत्कृष्ट गोल) घोषित भएको छ ।
फिफाले सार्वजनिक गरेको समर्थक मत परिणामअनुसार अर्जेन्टिनाविरुद्ध नकआउट चरणको खेलमा काब्रलले गरेको आकर्षक कर्लिङ प्रहार प्रतियोगिताको उत्कृष्ट गोलका रूपमा चयन भएको हो ।
विश्वकपमा पहिलो पटक नकआउट चरण पुगेको केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो । अतिरिक्त समयमा काब्रलले बक्सबाहिरबाट गरेको शक्तिशाली तथा सटिक प्रहार गोलकिपर एमिलियानो मार्टिनेजलाई निरिह बनाउँदै जाली चुमेको थियो । उक्त गोलले खेललाई २–२ को बराबरीमा पु¥याउँदै केप भर्डेको ऐतिहासिक जितको आशा जगाएको थियो ।
यद्यपि खेलको अन्त्यतिर आत्मघाती गोल भएपछि केप भर्डे ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । हार बेहोरे पनि काब्रलको उत्कृष्ट व्यक्तिगत प्रदर्शन र दर्शनीय गोल विश्वभरका फुटबल समर्थकमाझ चर्चित बनेको थियो ।
२३ वर्षीय काब्रल नेदरल्यान्ड्समा जन्मिएका हुन् । उनी केप भर्डेको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् र आफ्नो प्रभावशाली प्रदर्शनका कारण युरोपेली फुटबलमा पनि स्थापित हुँदै गएका छन् ।
यसपटकको विश्वकपमा स्पेनले उपाधि जित्दा अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो । तर प्रतियोगिताको सबैभन्दा स्मरणीय गोलको सम्मान भने केप भर्डेका काब्रलको नाममा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण