मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बिग बस १२ः बेलायती पोर्न स्टार र माहिका शर्मालाई सबैभन्दा धेरै पारिश्रमिक, थाहा पाउँदा दंग पर्नुहुनेछ

बिहीबार, ०७ भदौ २०७५, १० : ०९
बिहीबार, ०७ भदौ २०७५

रियालिटी टिभी शो बिग बस हरेक वर्ष अक्टोबरमा सुरु हुन्थ्यो तर यो वर्ष भने सेप्टेम्बरमा नै सुरु भइरहेको छ । यो सिजनमा प्रतियोगी जोडीको रुपमा भाग लिइरेका छन् । सिजन सुरु हुनअगावै यी जोडीबारे विभिन्न खबर सार्वजनिक भएका छन् । कार्यक्रममा प्रतियोगीको पारिश्रमिकबारे पनि चर्चा हुन थालेको छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने बिटिश पोर्नस्टार डेनी डी र उनलाई आफ्नो आइडल मान्ने माहिका शर्माको जोडीले कार्यक्रममा सबैभन्दा धेरै शुल्क लिने जोडी बताइएको छ  । उनीहरुलाई हप्तामा १ करोड ५२ लाख भारु दिइने बताइएको छ । स्मरण रहोस्, डेनी डी एक अडल्ट प्रोडक्शन हाउसका मालिक हुन् । उनीसँग सात हेलिकोप्टर, महँगा गाडी र बंगला छन् ।

माहिका सोसल मिडियामा विवादास्पद बयान र तस्बिरका कारण निकै चर्चित छिन् । टिभी नायिका माहिकाले आफू डेनी डीप्रति शारिरिक रुपमा आकर्षित भएको र उनलाई आफ्नो प्रेरणा र आइडल बताउने गरेकी छिन् ।

यसपटकको बिग बसमा ६ सेलिब्रिटि जोडी र सात सामान्य जोडी समावेश हुने बताइएको छ ।

कार्यक्रममा विवाहित जोडीमात्र नभई, आमा–छोराका जोडी, दाजु बहिनीको जोडी र अविवाहित जोडी समावेश हुने बताइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप