मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

डिप्रेशनसँग जुधिरहेका डान्सरले गरे आत्महत्या, रणबीरसँग गरेका थिए काम

शुक्रबार, ०८ भदौ २०७५, १० : ०५
शुक्रबार, ०८ भदौ २०७५

रणबीर सिंह, रणबीर कपुर र अजय देवगनजस्ता बलिउड कलाकारसँग काम गरेका डान्सर अभिजित शिन्देले आत्महत्या गरेका छन् । उनी बिहिबार मुम्बईस्थित आफ्नो घरमा बिहान साढे ६ बजे पंखामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

मुम्बई मिररको रिपोर्ट अनुसार छिमेकीले अभिजितको घरको ढोका खुल्ला देखेपछि भित्र जाँदा उनको शवलाई पंखामा झुण्डिरहेको पाएपछि पुलिसको सहयोगमा अस्पताल पुर्याइयो । जहाँ डाक्टरले ३२ वर्षे उनलाई मृत घोषित गरे ।

पुलिसले घटनास्थलबाट एउटा सुसाइड नोट पनि बरामद गरेको छ जसमा अभिजितले यस्तो कदम उठाउनुको कारण बताएका छन् । सुसाइड नोटमा लेखिएको छ, ‘म आफ्नो बैंक अकाउन्ट छोरीको नाममा गर्दैछु । श्रीमतीले छोडेदेखि म डिप्रेशनमा थिएँ । विगत तीन महिनादेखि छोरीलाई भेटेको छैन ।’

पुलिस अधिकारीका अनुसार अभिजित शिन्देकी श्रीमती तीन महिनादेखि आफ्नी आमासँग बसिरहेकी छिन् । अभिजितकी श्रीमतीले उनलाई छोरीसँग भेट्न अनुमती नदिएपछि उनी निकै तनावमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप