मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रियंकाको विवाहः साँचो भयो १३ वर्ष पुरानो भविष्यवाणी !

शुक्रबार, ०८ भदौ २०७५, १३ : ११
शुक्रबार, ०८ भदौ २०७५

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग अगस्ट १८ तरिखमा इन्गेजमेन्ट गरेकी छिन् । प्रियंकाको इन्गेजमेन्टले पछिल्ला दिनमा बी–टाउनमा सबैभन्दा धेरै चर्चा बटुल्न सफल भयो । यतिबेला भारतीय मिडियामा प्रियंका चोपडाको विवाहबारे एउटा भविष्यवाणीको चर्चा भइरहेको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार चर्चित ज्योतिषी संजय बी जुमानीले १३ वर्ष अघि सन् २००५ मा प्रियंकाले ३६ वर्षको उमेरमा विवाह गर्ने बताएका थिए । जुमानी बलिउड सेलिब्रिटीबीच सबैभन्दा चर्चित ज्योतिष हुन् ।

रिपोर्टका अनुसार प्रियंकाको ३६ औं जन्मदिनमा निक जोनसले उनलाई विवाहको प्रस्ताव गरेका थिए । जुमानीको भविष्यवाणीका अनुसार प्रियंका एक सफल निर्माता बन्नेछिन् र ४५ वर्षको उमेरमा राजनीतिमा पनि कदम राख्न सक्छिन् ।

मानिसहरुलाई थाहा छ कि निर्माताको रुपमा प्रियंका काम गरिरहेकी छिन् । उनको फिल्मको तारिफ पनि भइरहेको छ । पर्पल पेबल पिक्चर्स प्रियंकाको प्रोडक्शन हाउसको नाम हो । उनले अहिलेसम्म यो ब्यानरमार्फत उत्कृष्ट फिल्म बनाइसकेकी छिन् । १३ वर्ष पुरानो भविष्यवाण्ीबारे अब प्रियंका ४५ वर्षमा राजनीतिमा कदम राख्नेछिन कि छैनन् भन्ने हेर्न बाँकी छ । अहिलेसम्म उनीबारे दुई भविष्यवाणी वास्तविक भएका छन् ।

थुप्रै रिपोर्ट अनुसार प्रियंकाले अक्टोबरमा विवाह गर्नेछिन् । तर यो खबरलाई प्रियंकाकी आमा मधु चोपडाले ठाडो अस्विकार गरेकी छिन् । उनले प्रियंकाको विवाहको मिति अहिले नै नतोकिएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप