मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

विवाहको तीन महिनापछि नै नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’: श्रीमानले भने, ‘आफवाह सही निस्कियो’

शनिबार, ०९ भदौ २०७५, १० : ५५
शनिबार, ०९ भदौ २०७५

बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए । त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए । यो खबरलाई अंगदले ठाडो अस्विकार गरेका थिए । विभिन्न कार्यक्रममा अंगदलाई यसबारे धेरैपटक प्रश्न सोध्दासमेत उनले यसलाई अफवाहको संज्ञा दिएका थिए । तर अहिले भने अंगदले उक्त अफवाह सही निस्किएको भन्दै इन्स्टाग्राममा जानकारी दिएका छन् ।

विवाहपछि नेहा धुपियाको पहिलो फोटोसुट, बाथटबमा देखियो बोल्ड अवतार

सोनम कपुरले धुमधाम विवाह गरिरँदा नेहा धुपियाले रोजिन् गोप्य विवाह

 

 

Ha! Turns out this rumor is true.. #3ofus 🤰👼 #satnamwaheguruੴ

A post shared by Angad Bedi (@angadbedi) on

 

Here’s to new beginnings ... #3ofUs .... 🤰👼 #satnamwaheguruੴ

A post shared by Neha Dhupia (@nehadhupia) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप