मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कमब्याक अघि यस्ता देखिन्छन् कपिल शर्मा, हेर्नुहोस् रक्षाबन्धनको तस्बिर

मङ्गलबार, १२ भदौ २०७५, १२ : ०४
मङ्गलबार, १२ भदौ २०७५

भारतका हास्यकलाकार कपिल शर्मा लामो समयदेखि लाइमलाइटबाट टाढा छन् । धेरै समयसम्म विवादमा फसेपछि उनले आफूलाई मनोरञ्जनको क्षेत्रबाट अलग्गाएका हुन् ।

भारतीय समाचारका अनुसार विवादमा लगातार घेरिएका कपिल शर्मा डिप्रेशनको उपचार गराइरहेका छन् र टेलिभिजनमा कमब्याकका लागि पर्सनल ट्रेनरको सहयोग लिइरहेका छन् ।

केही समयअघि कपिलको तस्बिर सार्वजनिक भएको थियो जसमा उनलाई चिन्न मुश्किल थियो । कपिलको तौल अत्यधिक बढेको थियो ।

कपिल शर्मा के साँच्चै सुध्रिए ? दुई महिना हराएपछि भने, ‘जीवनशैली परिवर्तन गर्ने कोसिसमा छु’

हालै कपिलको रक्षाबन्धको तस्बिर सार्वजनिक भएका छन् । आफ्नो परिवारसँगको उक्त फोटोमा कपिल निकै खुसी देखिएका छन् । कपिलको तौल अझै पनि बढेकै देख्न सकिन्छ ।

कपिल शर्माः आकाशदेखि जमिनसम्मको यात्रा

कपिल शर्मा एम्सटर्डममा यस्तो अवस्थामा भेटिए

भारतका विभिन्न संचार माध्यममा कपिलले अक्टोबरमा कमब्याक गर्ने खबर आइरहेका छन् । यद्यपी, उनको प्रोजेक्ट के हो र कहिलेसम्म आउनेछ, त्यसबारे अहिले नै खुलासा भएको छैन ।

कपिल शर्मा चाँडै नै टेलिभिजनमा फिर्ती हुँदै, के हो नयाँ प्रोजेक्ट ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप