सलमानकी आमासँग कट्रिनालाई देखेपछि प्रशंसकले भने, ‘सासु–बुहारी’, बहिनीले डिलिट गरिन् फोटो
सलमान खान र कट्रिना कैफको जोडी फिल्म ‘भारत’ मा देखिनेछ । अली अब्बास जफरद्वारा निर्देशित यो फिल्मको शुटिङ माल्टामा चलिरहेको छ । सुटिङ गर्न गएका सलमानसँग उनकी आमा सलमा र बहिनी अलविरा पनि गएका थिए । दुबैको कट्रिना कैफसँग निकै राम्रो सम्बन्ध छ । सलमानकी बहिनी अर्पिताद्वारा इन्स्टाग्राममा पोष्ट गरिएको तस्बिरमार्फत उनीहरुबीचको सुमधुर सम्बन्ध दर्साउँछ ।
उक्त फोटोमा कट्रिना र सलमा एक अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ । अर्पिताले उक्त फोटो पोष्ट गर्ने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले फोटोमाथि कमेन्ट गर्न सुरु गरे । केही प्रशंसकले त सलमा र कट्रिनालाई सासू–बुहारीसम्म भने । त्यस्ता कमेन्ट आउन थालेपछि अर्पिताले उक्त फोटो डिलिट गरेकी छिन् ।
प्रियंकाको साटो कट्रिनाः
सुरुमा फिल्मका लागि प्रियंका चोपडालाई छानिएको थियो तर उनले अन्तिममा फिल्म छोडिन् । त्यसपछि कट्रिनालाई प्रियंकाको साट्टामा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण