मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कसैको कार त कसैको विमान दुर्घटनामा भयो मृत्युः अकालमा ज्यान गुमाएका ११ सेलिब्रिटी

शुक्रबार, १५ भदौ २०७५, ११ : ५८
शुक्रबार, १५ भदौ २०७५

साउथ इन्डियनकी चर्चित नायिका र राजनीतिज्ञ नन्दमुरी हरिकृष्णाको बुधबार कार दुर्घटनामा निधन भएको छ । यसअघि पनि केही फिल्म र टिभी नायक– नायिकाले दुर्घटनाका कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यीमध्ये कतिको कार दुर्घटनामा मृत्यु भयो भने कतिको विमान दुर्घटनामा । यीमध्ये एक नायिकाको अपार्टमेन्टको बाल्कोनीबाट खसेका कारण मृत्यु भएको थियो । दुर्घटनामा मारिएका यी ११ सेलिब्रिटीमध्ये सातजना ३० वर्ष पनि कटेका थिएनन् ।

१. सौन्दर्याः

सौन्दर्यालाई धेरैजसो मानिसहरुले अमिताभ बच्चन स्टारर ‘सूर्यवंशम’ को मूख्य नायिकाको रुपमा चिन्ने गर्छन् । सन् २००४ मा बेंगलुरुको चुनावी अभियानका बेला विमान दुर्घटनामा परी उनको मृत्यु भएको थियो । त्यतिबेला उनी २८ वर्षकी थिइन् र गर्भवती पनि ।

२. दिव्या भारतीः

सन् १९९३ को अप्रिलमा वर्सोवा (अंधेरी मुम्बई) स्थित तुलसी अपार्टमेन्टको बाल्कोनीबाट खसेका कारण दिव्या भारतीको निधन भएको थियो । त्यतिबेला दिव्या १९ वर्षकी थिइन् । सन् १९९८ सम्म उनको मृत्युका विषयमा विभिन्न धारणा थियो । कतिले उनका श्रीमान् साजिद नाडियाडवालामाथि हत्याको आशंका जताएका थिए भने कतिले उनले आत्महत्या गरेको मानेका थिए । यद्यपी, सन् १९९८ मा पुलिसले यसलाई दुर्घटनावश भएको मृत्यु बताउँदै केस क्लोज गरेका थिए ।

३. जसपाल भट्टीः

‘उल्टा पुल्टा’ र ‘फ्लप शो’ जस्ता कमेडी शो र ‘अ अब लौट चले’, ‘हमारा दिल आपके पास हे’ जस्ता फिल्ममा देखिएका हास्यकलाकार एवं नायक जसपाल भट्टीका सन् २०१२ मा जालंधरको शाहकोटमा सडक दुर्घटनामा भएको थियो । ५७ वर्षका भट्टी छोरा जसराजसँग आफ्नो फिल्म ‘पावर कट’ को प्रोमोशनका लागि बठिन्डा जाँदै थिए ।

४. तरुणी सचदेवः

तरुणीलाई मानिसहरु रसना गर्लको रुपमा पनि चिन्छन् । उनले फिल्म ‘पा’ मा अमिताभ बच्चनको साथीको भूमिका निभाएकी थिइन् । सन् २०१२ मे १४ मा आफ्नो १४ औं जन्मदिनमा नेपालमा भएको विमान दुर्घटनामा उनको निधन भएको थियो । उक्त दुर्घटनामा उनकी आमा गीता सचदेवको मृत्यु भएको थियो । तरुणीले विमानमा बस्ने बेला आफ्ना साथीसँग ठट्यौली पारामा यो उनीहरुको अन्तिम भेटघाट हो भनेकी थिइन् । तर उनलाई के थाहा, उनको ठट्टा वास्तविकतामा परिणत हुनेछ ।

५. गगन कांगः

टेलिभिजन सिरियल ‘महाकाली’ मा इन्द्र देवको भूमिका निभाएका गगन कांगको गत वर्षको अगस्ट १९ मा कार दुर्घटनामा निधन भएको थियो । मुम्बई–अहमदाबाद हाइवेमा भएको उक्त दुर्घटनाका बेला उनी ३८ वर्षका थिए र आफैं ड्राइभ गरेका थिए ।

६. अजिल लवानियाः

गत वर्ष १९ अगस्टमा जब अजित लवानियाको कार दुर्घटनामा मृत्यु भयो तब उनी सिरियल ‘महाकाली’ मा नन्दीको भूमिका निभाइरहेका थिए । त्यतिबेला उनी ३० वर्षका थिए ।

७. सोनिका चौहानः

सोनिका प्रो–कबड्डीकी प्रस्तोता थिइन् । २८ वर्षकी यी नायिका, मोडल र टिभी होस्टको निधन सन् २०१७ को अप्रिलमा कार दुर्घटनामा भएको थियो । उनका साथी विक्रम चटर्जीले कार चलाइरहेका थिए । पछि विक्रमले नशामा हुँदा कार चलाएको कुरा सार्वजनिक भएको थियो । उनीविरुद्ध मुद्दासमेत दर्ता भएको थियो ।

८. रेखा सिन्धुः

२२ वर्षकी रेखालाई तमिल र कन्नड टेलिभिजन कार्यक्रमका लागि चिनिन्छ । सन् २०१७ मे मा चेन्नई–बेंगलुरु हाइवेमा भएको कार दुर्घटनामा उनको मृत्यु भएको थियो । उनीसँग कारमा तीन अन्य पनि थिए र सबैको मृत्यु भएको थियो ।

९. भूपती भरत राजः

 टलिवुड नायक रवी तेजाका भाइ भूपती राजको निधन सन् २०१७ को जूनमा भएको थियो । ४९ वर्षका भूपतीको कार हैदराबादको सडक किनारामा रोकिएको एक लरीमा छिरेको थियो । दुर्घटनामा भूपतीको अनुहार यति क्षतविक्षत भएको थियो कि उनको पहिचान गर्न पुलिसलाई निकै समय लागेको थियो ।

१०. यशो सागरः

यशो सागर तेलुगु फिल्मका नायक थिए । उनले स्नेहा उलालको अपोजिट तेलुगु फिल्म Ullasamga Utsahamga   (२००८) मा  काम गरेका थिए ।  यशो र उनका दुई साथीको सन् २०१२ को डिसेम्बरमा निधन भएको थियो । मृत्यु हुँदा यशोको उमेर ३० वर्ष मुनी थियो ।

११. आनन्द अभयंकरः

आनन्द मराठी फिल्म र टेलिभिजनका लागि चर्चित थिए । उनले बलिउडको ‘वास्तव’ र ‘जिस देशमा गंगा रहता हे’ जस्ता फिल्ममा काम गरेका थिए । डिसेम्बर सन् २०१२ मा मुम्बई–पुणे एक्सप्रेस हाइवेमा कार दुर्घटनामा ४८ वर्षका आनन्द र उनका साथी अक्षय पेन्डसेको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप