नायिकाका चोरेका थिए नग्न फोटो, पुगे जेल
विभिन्न हलिउड सेलिब्रिटीसहित लगभग दुई सय ५० भन्दा बढिको आइक्लाउड अकाउन्ट ह्याक गर्ने व्यक्तिले सजायँ पाएका छन् । उनलाई आठ महिनाको जेल सजायँ तोकिएको छ ।
२६ वर्षे जर्ज गारोफनोलाई बुधबार जेल पठाइएको छ । यो सजायँबाहेक जेलबाट छुटेपछि उनलाई तीन वर्षको निगरानीमा राखिनेछ र उनले ६० घण्टाको कम्युनिटी सर्भिस पनि गर्नुपर्नेछ ।
कनेक्टिकटमा बस्ने यी आरोपीले आठ महिनापछि सजायँ पाएका छन् । उनीमाथि नक्कली एप्पल सपोर्ट इमेलको प्रयोग गरेर जेनिफर लरेन्सलगायत विभिन्न हलिउड स्टारसहित दुई सय ४० जनाको गोप्य जानकारी चोरेको आरोप लागेको थियो ।
उनीमाथि ती व्यक्तिहरुको नग्न फोटो र गोप्य जानकारी इन्टरनेटमा सार्वजनिक गरेको पनि ओरोप लागेको थियो ।
आरोपीले अदालतमा उक्त कामका लागि अन्य कोही दोषी नभएको र अपराधको सजायँले उनलाई जीवनभरी प्रभावित पार्ने बताएका छन् ।
जर्जबाहेक यो मामलामा तीन अन्य व्यक्तिलाई पनि पक्राउ गरिएको थियो । यी सबैलाई १६ देखि १८ महिनासम्मको सजायँ दिइएको छ ।
स्मरण रहोस, यो ह्याकिङ सन् २०१४ मा गरिएको थियो जसमा उनीहरुले केही सेलिब्रिटीको नीजि फोटो चेरेर इमेज सेयरिङ साइटमा राखेका थिए । यी तस्बिरमा केही सेलिब्रिटी नग्न र अर्धनग्न अवस्थामा थिए । हलिउडका यी सेलिब्रिटीमा जेनिफर लरेन्स, केट अप्टन र क्रिस्टन डन्स्ट समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण