मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

ट्रेनको झ्यालबाट चुम्बन र इन्टरनेटमा बबाल

बुधबार, २० भदौ २०७५, ०९ : ४०
बुधबार, २० भदौ २०७५

ट्रेनको झ्यालबाट निहुरिएकी प्रेमिकालाई ट्रेन बाहिर उभिएका प्रेमीको चुम्बन । नजिकैका दुई झ्यालबाट हेरिरहेका मानिस ।

यस्तै देखिन्छ महेश भट्टको नयाँ फिल्म ‘जलेबी’ को पोस्टर जसलाई महेश आफैंले ट्वीट गरेर सार्वजनिक गरे ।

उनले तस्बिर पोष्ट गर्दै लेखे, ‘परिवर्तनशील यो दुनियाँमा जहाँ पुरानो कहानी समाप्त भइसकेको छ तर त्यसको सट्टामा कुनै नयाँ कहानी आएका छैनन् । हामी यहाँ पेश गर्दैछौं एक अमर प्रेम कहानी । यो रह्यो जलेबीको पोस्टर ।’

पोस्टर सार्वजनिक भएलगत्तै यसले सोसल मिडियामा धमाका मच्चायो । केही मानिसहरु उक्त पोष्टरका कारण रिसाइरहेका छन् भने कतिले मिम्ससमेत बनाइरहेका छन् ।

पोष्टरका कारण रिसाएका मानिसहरुका अनुसार फिल्मको पोष्टर सन् १९५० को कोरियाली युद्धको एक ऐतिहासिक तस्बिरको नक्कल हो  ।

कोरियाली युद्धको तस्बिरमा एक अमेरिकी सैनिक आफ्नो ट्रेनको झ्यालबाट निस्किएर बाहिर उभिएकी आफ्नी श्रीमतीलाई चुम्बन गरिरहेका छन् । यसलाई ‘कोरियन वार गुडबाय किस’ को नामले चिनिन्छ ।

तस्बिर लस एन्जिलिस टाइम्सका फोटोग्राफर फ्रेंक ब्राउनले खिचेका थिए ।

यसबाहेक ट्वीटर र फेसबुकमा मानिसहरुले यो पोस्टरलाई जीवनको विभिन्न स्थितीसँग तुलना गरेर हेरिरहेका छन् ।

शिवाले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘अन्त्यमा इमर्जेन्सी विन्डाको केही त प्रयोग भयो ।’

तेजले फिल्मको पोष्टरलाई डिडिएलजेको एक दृश्यसँग तुलना गर्दै लेखेका छन्, ‘पुरानो जमाना र नयाँ जमानाको प्रेममा फरक ।’

‘सबै कुरा आशा गरेअनुरुप हुँदैनन्, साथीहरु !’

फिल्ममा रिया चक्रवर्ती र वरुण मित्रा छन् । वरुणको यो डेब्यू फिल्म हो । फिल्म अक्टोबर १२ तारिखमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप