प्रियंका–निकको इन्गेजमेन्टबारे बोलिन् पूर्व प्रेमिका ओलिविया
बिहीबार, २१ भदौ २०७५, १० : ५७
अमेरिकी गायक निक जोनसकी पूर्व प्रेमिका ओलिविया कल्पोले प्रियंका र निकको इन्गेजमेन्टमा आफू निकै खुसी भएको बताएकी छिन् ।
वेबसाइट पिपल डट कमका अनुसार सन् २०१२ की मिस युनिभर्स ओलिवियाले निकलाई बधाई र शभकामना दिइन् ।
स्मरण रहोस्, ओलिविया कल्पो र निकको सम्बन्ध सन् २०१५ मा नै समाप्त भएको थियो । कल्पोले भनिन्, ‘मलाई लाग्छ कि मानिसले कुनै पनि बेला आफ्नो प्रेम पाउन सक्छ, विशषगरी यो क्षेत्रमा किनभने यहाँ साँचो प्रेम पाउन निकै गाह्रो छ ।’
उनले भनिन्, ‘त्यसकारण म उनीहरुका लागि निकै खुसी छु । कामना गर्छु कि हरेकले प्रेम र खुसी पाउन् । म उनीहरुलाई पनि शुभकामना दिन्छु ।’
निक र प्रियंकाले केही महिनाको डेटिङपछि हालै इन्गेजमेन्ट गरेका छन् । कल्पो आजकाल डेनी अमेन्डोलालाई डेट गरिरहेका छन् जो फुटबल क्लब मियामी डल्फिनबाट खेल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण