जब यी सनकी प्रशंसक बने सेलिब्रिटीका लागि ‘खतरा’
हालै एक युवती देहरादुनबाट भागेर दिल्ली आइन् – मात्र यसकारण किनभने उनी सलमान खानसँग विवाह गर्न चाहन्थिन् । यो घटनापछि एकपटक पुनः ती घटना ताजा भएका छन् जब सनकी प्रशंसकका कारण बलिउड सेलिब्रिटीले मानसिक तनाव झेल्नुपरेको थियो । आउनुहोस्, यसबारे जानकारी लिऔंः
जब ऐश्वर्यालाई आमा बताउन थाले एक व्यक्तिः
आन्ध्र प्रदेशमा बस्ने संगीत कुमारले ऐश्वर्या रायलाई आफ्नी आमा बताएका थिए । ऐश्वर्याले उनलाई सन् १९८८ मा आइभिएफमार्फत आफूलाई जन्म दिएको समेत भन्न भ्याएका थिए ।
जब सुपरस्टारकी छोरीले शाहिदलाई श्रीमान् बताउन थालिन्ः
सुपरस्टार राजकुमारकी छोरी वास्तविकता नायक शाहिद कपुरको प्रेममा यतिसम्म पागल भएकी थिइन् कि उनी शाहिदलाई जताततै पिछा गरिरहन्थिन् । यसबारे शाहिदले पुलिस थानामा उजुरीसमेत दिएका थिए । वास्तविकता आफूलाई शाहिद कपुरकी श्रीमती बताउने गर्थिन् ।
आफूलाई अभिषेककी श्रीमती बताउँदै जान्ह्वीले काटेकी थिइन् नशाः
सन् २००७ मा जब अभिषेक बच्चनको विवाह ऐश्वर्या रायसँग भयो तब त्यतिबेला जान्ह्वी कपुर नामकी एक मोडलले हातको नशा काटिदिइन् । उनले अभिषेक आफ्ना श्रीमान् भएको बताउँदै उनले दोस्रो विवाह गरेको सहन नसकेको बताउँदै हात काटेको बताइन्छ ।
कंगना रनौत पनि शिकारः
कंगना रनौत पनि यस्तै एक सनकी प्रशंसकको चंगुलमा फसिसकेकी छिन् । आकाश भारद्वाज नामका एक व्यक्तिले कंगना आफ्नी प्रेमिका भएको बताएपछि खैलाबैला मच्चिएको थियो । उनले कंगनाको नाममा प्रेमपत्र लेख्नसमेत सुरु गरिसकेका थिए ।
एक महिलाले शाहरुखलाई छोरा बताइन्ः
एकपटक एक महिलाले शाहरुख खानलाई आफ्ना छोरा बताएर सनसनी मच्चाएकी थिइन् । यो कुरा सन् १९९६ को हो । त्यतिबेला ती महिलाले सन् १९६० मा शाहरुखलाई मुम्बई लिएर आएको र त्यहाँ उनले शाहरुखलाई गुमाएको बताएकी थिइन् ।
रबिना टन्डनलाई श्रीमती मानिरहेका थिए यी व्यक्तिः
महावीर जसपाल पान्डव नामका एक व्यक्तिले वर्षौं अघि रबिनालाई महिनौंसम्म पिछा गरे । ती सनकी प्रशंसकले रबिना उनकी श्रीमती भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण