मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

शाहरुखका कान्छा छोरा अबरामको विवाहका लागि यस्तो इच्छा जताइरहेकी छिन् रानी मुखर्जी

शुक्रबार, २२ भदौ २०७५, १३ : २५
शुक्रबार, २२ भदौ २०७५

बलिउड अभिनेत्री रानी मुखर्जीले हालै सलमानको एउटा छोरी होस् जसको विवाह शाहरुख खानका छोरा अबरामसँग होस् भन्ने इच्छा जताएकी छिन् ।

शाहरुख र सलमान यो हप्ताको अन्त्यमा ‘दसका दम’ मा देखिनेछन् । उनीहरुसँगै रानी पनि कार्यक्रममा समावेश हुनेछिन् ।

वास्तवमा कुराकानीको क्रममा शाहरुखले उनका छोरा अबराम सलमानजस्तै भएको बताएका थिए । उनले भनेका थिए, ‘मेरो छोरा हामीलाई निकै प्रेम दर्साउँछ साथै ऊ जुन केटीलाई भेट्छ उनीहरुलाई ‘आई लभ यु’ भन्न पनि लजाउँदैन ।’

रानीले उनीहरुको कुराकानीमा साथ दिँदै भनिन्, ‘सलमान, मेरो एउटा इच्छा छ कि तिम्रो छोरी होस् । तिम्रो छोरी निकै सुन्दर हुनेछिन् । उनलाई तिम्रो सबै गुण सरोस् । हामी वास्तवमा तिम्रो छोरी र अबरामको सम्बन्धको सम्भावना देखिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप