सलमान खानले बिग बसको हरेक एपिसोडका लागि पाउनेछन् १४ करोड भारु
सलमान खान सबैभन्दा धेरै कमाउने बलिउड स्टार हुन् । ठूलो पर्दा र टेलिभिजन जगतमा पनि सलमान सबैभन्दा धेरै कमाई गर्ने नायक हुन् । रिपोर्ट अनुसार बिग बसको पछिल्लो सिजनमा सलमानले ११ करोड भारु एक एपिसोडका लागि लिने गर्थे । यो सिजनका लागि सलमानको पारिश्रमिकमा वृद्धि भएको छ । कार्यक्रमका लागि सलमानले अब हरेक एपिसोडका लागि १४ करोड भारु लिनेछन् । यद्यपी, यो सलमानले माग गरेजति पारिश्रमिक भने होइन ।
कार्यक्रम १३ हप्ताभन्दा बढि चल्नेछ र सलमान हरेक शनिबार र आइतबारको एपिसोडमा देखिनेछन् ।
सूत्रका अनुसार बिग बसको बढ्दो टिआरपी रेटिङसँगै हरेक वर्ष सलमानको पारिश्रमिक पनि बढ्दो छ । यस वर्ष सलमानले प्रत्येक एपिसोडको १९ करोडको माग गरेका थिए । च्यानल र सलमानबीच लामो कुराकानीपछि यी दुई १४ करोड प्रति एपिसोडका लागि तयार भए । सलमानले ९ औं पटक यो विवादास्पद रियालिटी शोको होस्ट गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण