‘कपिल शर्मा शो’ मार्फत फिर्ता हुन चाहन्छन् कपिल, तर जोखिम मोल्न चाहँदैन च्यानल
कपिल शर्मा यही अक्टोबरमा ‘द कपिल शर्मा शो’ को नयाँ सिजनमार्फत टेलिभिजनमा फिर्ता हुँदैछन् । उनले च्यानलसँग नयाँ प्रोजेक्टमाथि काम गर्न आग्रह गरिरहेका छन् । तर स्रोतका अनुसार कपिलको अव्यवसायिक व्यवहारका कारण च्यानल अहिले नै सटिक निर्णय लिने मनसायमा छैन ।
यद्यपी, स्रोतका अनुसार कपिलमात्र नभई च्यानल पनि उनीसँग काम गर्न इच्छुक छ । च्यानललाई थाहा छ कि कपिलको अहिले पनि फ्यान फलोअिङ राम्रै छ । तर पनि च्यानल जोखिम भने मोल्न चाहँदैन ।
कपिलले बीचमा नै छोडेका थिए कार्यक्रमः
पछिल्लो पटक कपिलले कार्यक्रमलाई बीचमा नै छोडेका थिए । त्यसकारण च्यानललाई निकै घाटासमेत भएको थियो । स्रोत भन्छ, ‘अब च्यानलले यस्तो रणनीति बनाइरहेको छ जसमार्फत उसले कार्यक्रमको घोषणा गर्नु अघि नै केही एपिसोड स्टकमा राख्न सकोस् ।’
कपिलले हालै एक पंजाबी फिल्म ‘सन अफ मन्जित’ निर्माण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण