करिना र सैफ दोस्रो सन्तानको योजनामा
शुक्रबार, २९ भदौ २०७५, १३ : ०७
बलिउडकी नायिका करिना कपुर खान र नायक सेफ अली खानले दोस्रो सन्तानको योजना बनाइरहेको बताइएको छ । करिनाले दुई वर्षपछि दोस्रो सन्तानलाई जन्माउने योजना बनाइरहेको बताएकी छिन् ।
केही दिन अघि फिल्म क्रिटिक्स कोमल नहाटाको कार्यक्रममा यसबारे जानकारी दिएकी हुन् । कार्यक्रममा कोमलको प्रश्नको जवाफ दिँदै करिनाले भनिन्, ‘म र सेफ दोस्रो सन्तानको योजना बनाइरहेका छौं ।’
करिना आफ्नी निकै मिल्ने साथी अम्रितासँग उक्त कार्यक्रममा पुगेकी थिइन् । अम्रिताले करिना पुनः गर्भवती भए देश छोडेर जाने बताइन् । उनले भनिन्, ‘यदि करिना पुनः गर्भवती भइन् भने मलाई पहिले नै जानकारी देउ भनेकी छु किनभने यो खबर सुनेपछि म देश छोडेर जानेछु ।’
स्मरण रहोस्, करिनाले सन् २०१६ को डिसेम्बर २० मा छोरा तैमुरलाई जन्म दिएकी छिन् । तैमुर बलिउडको सबैभन्दा चर्चित स्टार किड हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण