नायिका क्यान्सरमुक्त भएपछि विवाहको ६ वर्षपछि जुम्ल्याहा छोरीकी आमा बनिन्
भारतीय मोडल र बलिउड नायिका लिजा रे सरोगेसीमार्फत दुई छोरीकी आमा बनेकी छिन् । उनका दुई छोरीहरु सुफी सोलियलको जन्म जर्जियामा भएको हो ।
लिजाले छोरीहरुको जन्मपछि आफ्नो जीवन निकै परिवतर्न भएको बताएकी छिन् । उनले एक भारतीय मिडियासँग भनेकी छिन्, ‘मेरो जीवन अत्यधिक भावनाले भरिएको छ जसलाई म शब्दमा बयान गर्न सक्दिनँ । मैले एकैपटक विभिन्न कुराहरुको म्यानेज गर्नु परिरहेको छ । तर यतिबेला मेरो जीवनमा आएको यो परिवर्तन र प्रेमको भरपुर मजा लिइरहेकी छु । म आफ्ना दुई छोरीलाई आफ्नो घर मुम्बईमा चाँडै नै ल्याउन चाहन्छु ।’
साढे तीन महिनाका भए लिजाका छोरीहरुः
रिपोर्टलाई विश्वास गर्ने हो भने लिजाका दुई छोरीको जन्म जून महिनामा भएको थियो । लिजालाई सन् २००९ मा रगतको क्यान्सर भएको थियो । यद्यपी, सन् २०१० मा उनले आफू पूर्ण रुपमा क्यान्सर मुक्त भएको जानकारी दिएकी थिइन् ।
Stand back world: here comes Soufflé (Sufi plus Soleil) My girls know the future is female. Thank you for all your support and blessings. Takes a village (and thank you @bombaytimes @Bazinga_Ent) pic.twitter.com/tsZmeAcr3M
— Lisa Ray (@Lisaraniray) September 17, 2018
क्यान्सरका कारण लिजा गर्भवती हुन सकिनन् । यसबारे उनले भनिन्, ‘नयाँ प्रविधीले मेरो आशा जिउँदो राख्यो र म आमा बन्न सफल भएँ । मेरो भाग्य वास्तवमा नै निकै राम्रो छ ।’
के हो सरोगेसी ?
सरोगेसी आफूले बच्चा जन्माउन असमर्थ भएपछि कुनै जोडीले एक महिलासँग गर्ने सम्झौता हो । जसमा महिलाले उक्त जोडीको शुक्रकिट र डिम्बलाई आफ्नो पाठेघरमा राखेर उनीहरुको बच्चालाई जन्म दिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण