बिग बसः पछिल्ला बिजेताका रियालिटी चेक, कोही चलाउँछन् गहना पसल कोही बसिरहेका छन् खाली
भारतको निकै विवादित रियालिटी शो बिग बसको १२ औं सिजन टेलिभिजनमा प्रशारण भइरहेको छ । यसपटकको बिजेता बन्न १७ प्रतिस्पर्धी बिग बसको घरमा भित्रिएका छन् ।
यसअघिका ११ बिजेता अहिले के गरिरहेका छन् त ? यसबारे जानकारी लिऔंः
१. राहुल रोय–सीजन १ (सन् २००६–७)
सुपरहिट फिल्म ‘आशिकी’ बाट डेब्यु गरेपछि राहुल रोयको करियर फ्लप रह्यो । पहिलो सिजनका बिजेता राहुलको पछिल्लो फिल्म सन् २०१५ मा 2B or not to B आएको थियो । राहुल रोयले नोभेम्बर सन् २०१७ मा पोलिटिक्स ज्वाइन गरे । आजकाल उनी आफ्नो ब्यानर राहुल रोय प्रोडक्सनमा एउटा फिल्म बनाउने तयारी गरिरहेका छन् ।
२. आशुतोष कौशिक– दोस्रो सिजनका बिजेता (सन् २००८)
आशुतोष कौशिकले टिभी सिरियलबाहेक फिल्ममा पनि काम गरेका छन् । यीमध्ये लाल रंग (सन् २०१६), जिला गाजियाबाद (२०१३), शर्टकट रोमियो (२०१३) जस्ता फिल्म समावेश छ ।
३. विन्दु दारा सिंह–सिजन थ्री (सन् २००९–१०)
विन्दु दारा सिंहले थुप्रै फिल्ममा काम गरेका छन् । यीबोहक उनी थुप्रै कार्यक्रममा पनि देखिइसकेका छन् । बिन्दु बिग बस सिजन थ्रीका बिजेता हुन् । उनी अन्तिम पटक सन् २०१४ मा रिलिज भएको फिल्म जट जेम्स बन्समा देखिएका थिए । विन्दुसँग अहिले कुनै फिल्म छैन ।
४. श्वेता तिवारी – सिजन ४ (सन् २०११)
बलिउड र टिभी नायिका श्वेता तिवारी बिग बस सिजन चारकी बिजेता हुन् । सन् २०१६ मा नेपाली फिल्म अभिनेत्री र टेलिभिजन सिरियल बेगुसरायमा देखिएकी थिइन् । श्वेता चाँडै नै फिल्म सिक्स एक्समा देखिनेछिन् ।
५. जुही परमार–सिजन फाइभ (सन् २०१२)
थुप्रै टिभी शोमा काम गरिसकेकी जुही परमार बिग बसको सिजन फाइभकी बिजेता हुन् । डेढ वर्षदेखि श्रीमान् सचिन श्रोफसँग अलग बसेकी जुहीको जुलाईमा सम्बन्धविच्छेद भएको छ । जुही अन्तिम पटक टेलिभिजन शो शनिमा देखिइन् । त्यसपछि उनीसँग कुनै काम छैन ।
६. उर्वशी ढोलकिया–सिजन ६ (सन् २०१२–१३)
फिल्मबाहेक विभिन्न टेलिभिजन शोमा काम गरिसकेकी उर्वशी ढोलकिया बिग बस सिजन ६ की बिजेता हुन् । उर्वशी आजकाल टेलिभिजन शो चन्द्रकान्तामा रानी इरावतीको भूमिकामा देखिएकी छिन् ।
७. गौहर खान–सिजन ७ (सन् २०१३)
थुप्रै फिल्ममा काम गरिसकेकी गौहर खान बिग बसको सिजन ७ कि बिजेता हुन् । सन् २०१७ मा रिलिज भएको फिल्म बेगम जानमा उनी देखिएकी थिइन् । गौहर अक्टोबर सन् २०१८ मा रिलिज हुने फिल्म ९ आवर्स इन मुम्बईमा देखिनेछिन् ।
८. गौतम गुलाटी– सिजन ८ (सन् २०१४–१५)
गौतम गुलाटी बिग बसको सिजन ८ का विनर हुन् । बिग बसको घरमा बसेर गौतमले निकै चर्चा बटुलेका थिए । शो जितेपछि उनले विभिन्न अफर पाएका थिए । उनले फिल्म अजहरमा काम गरेका थिए । अन्तिम पटक फिल्म बहन होगी तेरीमा देखिएका थिए । अहिले उनीसँग कुनै अफर छैन ।
९. प्रिन्स नरुला विनर–सिजन ९ (सन् २०१६)
बिग बस सिजन ९ का बिजेता प्रिन्स नरुला हुन् । प्रिन्स एमटीभी रोडिजका पनि बिजेता हुन् । हालै उनलाई एमटिभीको शो रोडिज एक्सट्रिममा देखिएका थिए । यसबाहेक टेलिभिजन सिरियल बढो बहूमा लकीको भूमिकामा पनि देखिएका छन् ।
१०. मनवीर गुर्जर– सिजन १० का बिजेता (सन् २०१६–१७)
बिग बस १० मा कमनर एन्ट्री लेने मनवीर गर्जुरले रियालिटी शो खतरोंका खेलाडीमा पनि भाग लिएका थिए । तर यो कार्यक्रममा उनी धेरै टाढा जान सकेका थिएनन् । अहिले मनवीरसँग कुनै प्रोजेक्ट छैन ।
११. शिल्पा शिन्दे–सिजन ११ (सन् २०१७–१८)
बिग बस सिजन ११ की बिजेता शिल्पाले वेब शो जियो धन धना धनमा सुनिल ग्रोवरसँग काम गरिन् । यसका साथै इन्टरटेन्मेन्टकी रातमा पनि देखिएकी थिइन् । शिल्पा शिन्दे गहना डिजाइन गर्छिन् । उनको गहना पसल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण