नेहा धुपियाले बताइन् किन लुकाएकी थिइन् गर्भवती भएको कुरा
जब नेहा धुपिया र अंगद बेदीले अचानक विवाह गरेर सोसल मिडियामा घोषणा गरे तब सबै जिल खाए । नेहाजस्तो सेलिब्रिटीले निकै साधारण तरिकाले यति हतारमा किन विवाह गरिन् भन्ने कुरा सुरुमा कसैले पनि बुझेनन् । विवाहपछि नेहा गर्भवती भएको हुनसक्ने अनुमानसहितका विभिन्न समाचार सार्वजनिक भए तर नेहा र अंगद दुबैले यसको खण्डन गरे ।
त्यसपछि अचानक केही समयपछि नेहा धुपियाले सोसल मिडियामा आफू गर्भवती भएको घोषणा गरिन् जसका कारण उनका प्रशंसक पुनः चकित भए । कसैले पनि बुझेनन् आखिर नेहाले आफू गर्भवती भएको खबर किन लुकाइन् ? यसबारे नेहा आफैंले जानकारी दिएकी छिन् ।
मिड–डेसँगको कुराकानीमा नेहाले यति लामोसम्म गर्भवती हुनुको रहस्य लुकाउने कारण बारे चर्चा गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुले मलाई काम दिन बन्द गर्ने हुन् कि भनेर डर लागेको थियो ।’ वास्तवमा नेहा त्यतिबेला काजोलसँग ‘हेलिकोप्टर इला’ को सुटिङ गरिरहेका थिए । त्यसबाहेक उनको आफ्नै शौ ‘नो फिल्टर नेहा’ को पनि सुटिङ गरिरहेकी थिइन् ।
नेहाले मिड डेलाई भनिन्, ‘उनीहरु सबैले म गर्भवती भएको थाहा पाए भने मलाई काम दिन बन्द गर्ने हुन् कि भन्ने डर त्यतिबेला लागेको थियो । यो राम्रो भयो कि ६ महिनासम्म मेरो बेबी बम्प त्यति धेरै देखिएन किनभने यो फिल्ड यस्तो हो जहाँ तपाईं फिट र सुन्दर देखिन अत्यावश्यक छ ।’
नेहाले थपिन्, ‘कसैलाई लाग्न सक्छ कि म कामका लागि अनफिट छु तर मेरो इनर्जी लेभल निकै हाई थियो ।’ आफू गर्भावस्थामा छुट्टी लिने महिलाको विरुद्धमा नभएको स्पष्ट पार्दै उनले भनिन्, ‘गर्भावस्थामा पनि काम गरिराख्नु मेरो नीजि निर्णय थियो । गर्भावस्थामा पनि काम गरेर म कुनै ट्रेन्ड सेट गर्न चाहन्नथें ।’
स्मरण रहोस्, आफू गर्भवती भएको घोषणा गरेपछि अब नेहा आफ्नो ठूलो भइसकेको पेटलाई निकै सहज रुपमा देखाउँछिन् । आफ्नो कार्यक्रम ‘नो फिल्टर नेहा’ को सुटिङ पनि उनले लगातार गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण