क्यान्सर लागेका यी सात बलिउड सेलिब्रिटी
बलिउड फिल्म जगतमा आजकाल विभिन्न कलाकार क्यान्सर पीडित भएको खबर सार्वजनिक भइरहेका छन् । यहाँ हामी तपाईंलाई ती कलाकारबारे जानकारी दिँदै छौं जसमध्ये कतिको क्यान्सरको उपचार भइरहेको छ भने कतिले यसबाट पार पाइसकेका छन् भने कसैको क्यान्सरका कारण मृत्यु भइसकेको छ ।
१. सोनाली बेन्द्रेः
यो सूचीमा सबैभन्दा पहिले नायिका सोनाली बेन्द्रेको नाम आउँछ किनभने अहिले उनको अमेरिकामा क्यान्सरको उपचार भइरहेको छ । उनलाई हाई ग्रेड क्यान्सर भएको छ । यस्तो क्यान्सरमा शरिरका विभिन्न हिस्सा काम गर्न बन्द गर्छन् ।
२. इरफान खानः
यस्तै नायक इरफान खानलाई न्यूरोएन्डोक्राइन क्यान्सर भएको छ । आजकाल उनको लण्डनको एक अस्पतालमा उपचार चलिरहेको छ ।
३. मनिषा कोइरालाः
नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो । उनले अमेरिकामा उपचार गराएकी थिइन् र सन् २०१५ मा उनी पूर्ण रुपमा क्यान्सरमुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनी अहिले ४२ वर्ष पुगेकी छिन् । पूर्ण रुपमा ठिक भएपछि मनिषाले फिल्म ‘सञ्जु’ मार्फत बलिउडमा ब्याक भएकी थिइन् ।
४. लिसा रेः
लिसा रेलाई पनि रगतको क्यान्सर भएको थियो तर उनी अहिले पूर्ण रुपमा क्यान्सरमुक्त भइसकेकी छिन् ।
५. ताहिराः
अभिनेता र गायक आयुष्मान खुरानाकी श्रीमती ताहिरालाई स्तन क्यान्सर भएको खबर हालै सार्वजनिक भएको थियो । अहिले उनको उपचार चलिरहेको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।
६. विनोद खन्नाः
पछिल्लो वर्ष दिवंगत अभिनेता विनोद खन्नाको मृत्यु क्यान्सरका कारण भएको थियो । उनको मूत्रनलीमा क्यान्सर भएको थियो ।
७. राजेश खन्नाः
बलिउडका सुपरस्टार राजेश खन्नालाई क्यान्सरका कारण डायलिसिसमा राखिएको थियो । तर उनी यो लडाईंसँग हारे र सन् २०११ मा उनको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण