मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

यौनहिंसाको आरोपमा बोले नाना, ‘के तपाईंलाई लाग्छ, म त्यति घटिया छु ?’

आइतबार, १४ असोज २०७५, १२ : १४
आइतबार, १४ असोज २०७५

यौनहिंसाको आरोप खेपिरहेका नाना पाटेकरले शनिबार यसबारे मुख खोलेका छन् । उनले केही पत्रकारलाई भने, ‘म अहिले जेसलमेरमा सुटिङ गरिरहेको छु । ७ वा ८ अक्टोबरमा मुम्बई फर्किएलगत्तै एक पत्रकार सम्मलेनको आयोजना गर्नेछु । जहाँ तपाईं मलाई जे पनि सोच्न सक्नुहुन्छ । म एउटा कोठामा बसेर आँखामा आँखा जुधाएर हरेक प्रश्नको जवाफ दिन चाहन्छु । मसँग लुकाउनका लागि केही पनि छैन । ’

नाना पाटेकरमाति तनुश्री दत्ताले यौनहिंसाको आरोप लगाएकी थिइन् ।

नाना पाटेकरले के भने ?

‘तपाईं कुन कुरामा विश्वास गर्ने त्यो तपाईंमा निर्भर हुन्छ । के तपाईंलाई लाग्छ, म त्यति घटिया छु ? म फिल्ममा धेरै नाच्दिनँ, यस्तो अवस्थामा मैले कसैलाई अश्लिल स्टेप राख्न किन भन्छु होला ? यस्तो अवस्थामा कि त म यी सबै आरोपलाई खण्डन गर्दै उनले (तनुश्री) झुटो बोलिरहेकी छिन् भन्न सक्छु कि मेरो इमेज खराब गरेका कारण उनलाई कोर्टसम्म घिसार्न सक्छु । योबाहेक म के गर्न सक्छु छ ?’

नानाको शो–कज नोटिस पठाउनका लागि तयार सिन्टाः

कलाकारको सबैभन्दा ठूलो युनियन सिन्टाका संयोजक घनश्याम श्रीवास्तवले स्पष्ट रुपमा भने, ‘तनुश्री दत्ताले १० वर्ष अघि पनि सिन्टामा मुद्दा दर्ता गरेकी थिइन् । त्यतिबेला अन्य व्यक्ति नै सदस्य थिए । अब हामी छौं । त्यतिबेला उनको ऊजुरीको फलोअप भएको थिएन । ’

उनले भने, ‘अब जब तनुश्रीले नानालाई कठघरामा ल्याइरहेकी छिन् भने हामी उनको साथमा छौं । अहिलेसम्म उनले सिन्टालाई सम्पर्क गरेकी छैनन् । यदि उनले फ्रेश कम्प्लेन गर्छिन् भने हामीले सज्ञान लिँदै नानालाई ‘शो कज’ नोटिस पठाउनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप