सलमानलाई बिग बसको घरमा ज्वाईंले सोधे, ‘कतिजना प्रेमिका थिए तपाईंका ?’
सलमान खान आजकाल सानो पर्दामा बिग बस १२ को होस्टिङमा व्यस्त छन् । यसबाहेक समय पाउँदा उनी आफ्नो प्रोडक्शनमा बनेको फिल्म लवयात्रीको प्रोमोशनमा पनि गरिरहेका छन् । हालै, सलमान खानका बहिनी ज्वाईं आयुष शर्मा आफ्नी को–स्टार वरिना हुसैनसँग बिग बसको घरमा पुगे । त्यहाँ आयुषले सलमानलाई केही यस्ता प्रश्न सोधे जसको जवाफ दिनबाट उनी बचे ।
१५ वटा फिल्ममा थियो प्रेम नामः
बिग बसको घरमा आयुषले सलमानलाई सोधे, ‘तपाईंका कति प्रेमिका थिए ?’ तर सलमानले आयुषलाई यसको जवाफ दिनुको साटो हाँसोमा टारिदिए । यस्तै जब वरिनाले सलमानलाई तपाईंको कतिवटा फिल्ममा प्रेम नाम थियो भनेर सोध्दा उनले १५ बताए । यसबाहेक सेटमा पुगेका आयुषलाई सलमानले वर्कआउट र जीवनशैलीका केही टिप्स पनि दिए ।
लवयात्रीमार्फत् डेब्यू गरिरहेका छन् आयुष शर्माः
स्मरण रहोस्, उनको फिल्म लवयात्री नवरात्रीमा आधारित एक लभ स्टोरी हो । यो फिल्ममा सलमानका बहिनीका श्रीमान् आयुष शर्मा बलिउडमा डेब्यू गरिरहेका छन् । आयुषबाहेक सलमान आफ्नो यो फिल्ममा अफगानिस्तानी नायिका वरिना हुसेनलाई पनि ब्रेक दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण