मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

किम कार्दासियनलाई इन्टरनेटमा हेर्नेहरु हुनुहोस् सावधान

बुधबार, १७ असोज २०७५, ०८ : १९
बुधबार, १७ असोज २०७५

बीबीसी

यदि तपाईं अमेरिकी रियालिटी स्टार किम कार्डासियनको कार्यक्रम ‘किप–अप विद कार्डासियन्स’ इन्टरनेटमा हेरिरहनुभएको छ वा उनका श्रीमान कान्ये वेस्टको हालै ट्वीटरमा फिर्तीसँग जोडिएका जानकारी इन्टरनेटमा सर्च गरिरहनुभएको छ भने तपाईं सावधान हुनुहोस् ।

अमेरिकी टिभी स्टार किम सन् २०१८ मा इन्टरनेटमा सर्च हुने सबैभन्दा खतरनाक सेलिब्रिटी बनेकी छिन् । साइबर सेक्युरिटी फर्म म्याकेफीले यस्तै सेलिब्रिटीको एउटा सूची जारी गरेको छ जसको नाममा सर्च गर्दा विभिन्न खतरनाक लिंक समावेश गरिएका छन् । यस्ता लिंकले तपाईंलाई समस्यामा पार्न सक्छ ।

यो सूचीमा किम कार्दासियाको नाम शीर्ष स्थानमा छ । सन् २०१७ मा यो लिस्टमा क्रेग डेविडको नाम सबैभन्दा माथि थियो ।

सुपरमोडल नाओमी क्याम्पबेल दोस्रो यस्ती सेलिब्रिटी हुन् भने किमकी बहिनी कोर्टनी कार्डसियन यो सूचीमा समावेश तेस्रो नाम हो ।

चौथो नम्बरमा बेलायती गायक एडेल र पाँचौं नम्बरमा क्यारोलिन फ्लेक हुन् । यी पाँच सेलिब्रिटीलाई इन्टरनेटमा सर्च गर्नु सबैभन्दा खतरनाक हो ।

म्याकेफी भन्छन्, ‘साइबर जगतमा अपराधीले धेरैजसो चर्चित हस्तीको नाम प्रयोग गर्छन् ता कि यस्तो लिंकमा क्लिक गर्दा तपाईं यी खतरनाक वेबसाइटमा पुग्नु हुनेछ ।’

यी साइट्समा म्यालवेयर (एक विशेष प्रकारको भाइरस) हुन्छन् जसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र पासवर्डबारे थाहा पाउँछन् ।

यो सूचीमा रोज ब्रायन, ब्रिटनी स्पेयर्स, अभिनेत्री एमा रोबर्टस् र रियालिटी स्टार फ्रेन म्याकेनको नाम पनि समावेश छ ।

म्याकेफीका मुख्य वैज्ञानिक राज समानी भन्छन्, ‘तीब्र रुपमा बढिरहेको यो दुनियाँमा पप कल्चर र सोसल मिडियाको दबदबा छ । हामीसँग मनोरञ्जनको साधन चुन्ने पर्याप्त विकल्प छ ।’

यी साइबर सेक्युरिटी फर्मले प्रयोगकर्तालाई भिडियो सधैं विश्वसनीय वेबसाइटमा नै हेर्नुपर्ने सल्लाह दिएको छ । ‘कुनै पनि सेलिब्रिटीसँग जोडिएको खबर पढ्नेका लागि तपाईंलाई उक्त लिंक वा सोर्समा विश्वास हुनुपर्छ । यसबाहेक एन्टी भाइरसलाई अपडेट गरिराख्नुपर्छ,’ उक्त फर्मले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप