‘क्विन’ फिल्मका निर्देशक, लेखक चेतन भगतलगायत विभिन्न व्यक्तित्वमाथि यौन हमलाको आरोप
बीबीसी
‘क्विन’ फिल्मका निर्देशक विकास बहल, लोकप्रिय लेखक चेतन भगत र टाइम्स अफ इन्डियाका पूर्व कार्यकारी सम्पादक गौतम अधिकारीमाथि यौन उत्पीडनको आरोप लागेको छ ।
शनिबार फिल्म, मिडिया र इन्टरटेन्मेन्ट उद्योगसँग जोडिएका हस्तीमाथि लागेको यौन प्रताडनको आरोपले सोसल मिडियामा निकै तात्यो ।
र अभियानमार्फत महिलाले आफूमाथि भएको हिंसा सार्वजनिक गरिरहेका छन । यसमार्फत आफूमाथि भएको दुर्व्यवहार र प्रताडनालाई सोसल मिडियामा साझा गरिरहेका छन् । यी महिलाले सोसल मिडियामा केही प्रमाण पनि पेश गरिरहेका छन् ।
फिल्म निर्माता विकास बहलमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाका अनुसार उनी फ्यान्टम फिल्म प्रोडक्सन हाउसमा काम गर्थिन् । फ्यान्टमका संस्थापक फिल्म निर्माता अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मन्तेना र विकास बहल हुन् ।
हफिंगटन पोष्टलाई इन्डियालाई दिएको अन्तर्वार्तामा फ्यान्टम प्रोडक्सन हाउसका पूर्व कर्मचारीले विकास बहलमाथि सन् २०१५ मे मा गोवाको एउटा होटलमा यौनहमला गरेको आरोप लगाएकी छिन् ।
यौन हमलाबारे अनुराग कश्यपलाई पनि भनेको तर उनले कुनै कारवाही नगरेको ती महिलाले बताइन् । ती महिलाले सन् २०१७ मा फ्यान्टमलाई छोडेकी थिइन् । यस ऊजुरीको पुष्टि गर्दै अनुराग कश्यपले हफिंगटन पोस्टको रिपोर्टमा प्रतिक्रिया दिँदै भने, ‘जे भयो त्यो गलत थियो ।’
उनले भने, ‘हामीले यो मामलालाई राम्रोसँग ह्यान्डल गरेनौं । हामी पूर्ण रुपमा असफल भयौं । म आफूबाहेक अरु कोहीलाई आरोप लगाउन सक्दिनँ । तर म अब यसलाई राम्रोसँग ह्यान्डल गर्न प्रतिबद्ध छु । मलाई ती महिलामाथि पूर्ण विश्वास छ । ती महिलालाई मेरो पूर्ण समर्थन छ । बहलले जे गरे त्यो भयानक छ । यो मामलामा हामी जति गर्न सक्छौं, त्यो गर्नेछौं ।’
अब अनुराग कश्यपले फ्यान्टम प्रोडक्शन हाउसलाई खारेज गर्ने घोषणा ट्वीटरमार्फत गरेका छन् । बहलले ‘क्विन’ फिल्म महिला सशक्तिकरणका लागि बनाएका थिए र उनको अर्को फिल्म ‘सुपर –३०’ रिलिजको तयारीमा छ ।
Phantom was a dream, a glorious one and all dreams come to an end . We did our best and we succeeded and we failed. But i know for sure we will come out of this stronger, wiser and will continue to pursue our dreams our own individual ways. We wish each other the best.
— Anurag Kashyap (@anuragkashyap72) October 5, 2018
फिल्म उद्योगसँग सम्बन्धित धेरैले बहलको कडा आलोचना गरिरहेका छन् र पीडित महिलाको समर्थन गरिरहेका छन् । अलिगढ फिल्मका निर्देशक हंसल मेहताले ट्वीटरमा सोधेका छन्, ‘फिल्म उद्योग बहलविरुद्ध कहिले खडा हुनेछ ?’
हंसल मेहता भन्छन्, ‘दुई छोरीका पिता भएको नाताले छोरीलाई यो क्षेत्रमा भित्र्याउने कि टाढै राख्ने भन्ने कुराको निकै ठूलो डर छ ।’
Wish I could do more than just speak out. As a father of two girls I fear them having to deal with such predators just because nobody took any action against Bahl and his ilk- on the contrary a major star has acted in his new film. Who is empowered here? The victim or the creep? https://t.co/Xy1O5djRvN
— Hansal Mehta (@mehtahansal) October 6, 2018
चेतन भगतमाथि पनि आरोपः
यसैबीच, एक महिलाले लोकप्रिय लेखक चेतन भगतसँग भएको कुराकानीको स्क्रिनसटलाई सोसल मिडियामा सार्वजनिक गरेकी छिन् । ती महिलासँगको कुराकानीमा चेतनले आफ्नो प्रेम अभिव्यक्त गरिरहेका छन् र विवाहित भएकोमा उपेक्षा गरिरहेका छन् । त्यसको करिब दुई घण्टापछि चेतन भगतले फेसबुक पोष्ट लेखेर माफी मागे । चेतनले भने, ‘मलाई उनीसँग निकै लगाव महसुस भएको थियो । सायद मैले मित्रतापूर्ण सम्बन्धलाई बुझ्न सकिनँ । मैले यसका लागि श्रीमतीसँग माफी मागिसकेको छु ।’
यस्तै, अर्की एक महिलाले पनि गौतम अधिकारीमाथि अनुमती बिना चुम्बन गरेको आरोप लगाएकी छिन् । गौतम अधिकारी त्यतिबेला मुम्बईमा डिएनएका प्रधान सम्पादक थिए । गौतमले आफूलाई उक्त घटनाबारे याद नभएको बताएका छन् । टाइम्स अफ इन्डियाको हैदराबादका रेजिडेन्ट एडिटर केआर श्रीनिवासमाथि पनि धेरै महिलाले दुर्व्यवहारको आरोप लगाएका छन् ।
यसबार शनिबार टाइम्स अफ इन्डियाका प्रकाशक बिसिसिएलले एक बयान जारी गरेर यसबारे अनुसन्धान भइरहेको छ र यदि आरोप पुष्टि भए सहन नसकिने बताएको छ । यस्तै, हिन्दुस्तान टाइम्सकी एक पूर्व कर्मचारीले ट्वीटरमा पत्रिकाका राष्ट्रिय राजनीतिक सम्पादक र ब्यूरो चिफ प्रशान्त झाको व्यवहार असह्य भएको बताएकी छिन् । हिन्दुस्तान टाइम्सका एक प्रवक्ताले यसबारे सोमबारदेखि अनुसन्धान हुने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण