सलमानमाथि भड्किइन् तनुश्रीः भनिन्, ‘न सलमान भगवान हुन् न बिग बस स्वर्ग’
तनुश्री दत्ताद्वारा नाना पाटेकरमाथि लगाएको यौनहिंसाको मुद्दा आजकाल चर्चामा छ । यो मुद्दामा बलिउड सेलिब्रिटी दुई भागमा बाँडिएका छन् । कतिले तनुश्रीको समर्थन गरिरहेका छन् भने कतिले नाना पाटेरकरलाई ।
हालै तनुश्रीले एक च्यानललाई दिएको अन्तर्वार्तामा सलमान खानमाथि निशाना साँधेकी छिन् । उनले भनेकी छिन्, कतिले मैले चर्चाका लागि यस्तो गरिरहेको छु भन्ने सोचिरहेका छन् भने कतिले म बिग बसमा देखिन सक्छु भन्दै मेरो खिल्ली उडाइरहेका छन् ।’
बिग बसमा आउनु गर्वको कुरा होइनः
अन्तर्वार्ताको क्रममा तनुश्रीले प्रतिप्रश्न गरिन्, ‘तपाईंलाई के लाग्छ, बिग बसमा आउनु मेरो लागि गर्वको कुरा हो ? होइन, म यस्तो मान्दिनँ । तपाईंलाई लाग्ला कि सलमान खान भगवान हुन् र बिग बस स्वर्ग तर मलाई यस्तो लाग्दैन । ’
स्मरण रहोस्, यसअघि अमिताभ बच्चनले तनुश्री–नाना विवादमा मिश्रित प्रतिक्रिया दिएका थिए जसमा तनुश्री भड्किएकी थिइन् ।
सलमानले भनेका थिए, ‘मैले यसबारे सुनैक छैन’:
केही दिन अघि एक स्पोर्टस् इभेन्टको क्रममा जब महिला पत्रकारले सलमान खानसँग तनुश्रीको मुद्दामा प्रश्न सोध्दा उनले भनेका थिए, ‘मलाई थाहा छैन, तपाईंले के बारे कुरा गरिरहनुभएको छ । मैले यसबारे सुनेकै छैन ।’
सलमानले थपे, ‘यो एक स्पोर्टस् इभेन्ट हो त्यसकारण यसैसँग जोडिएका प्रश्न सोध्नुहोस् । ’
बलिउडबाट अहिलेसम्म फरहान अख्तर, ट्विंकल खन्ना, स्वरा भास्कर, सोनम कपुर, ऋचा चड्डा र अनुष्का शर्माजस्ता कलाकारले तनुश्रीको समर्थन गरिसकेका छन् ।
मलाइका पनि तनुश्रीको समर्थनमा उत्रिइन्ः
तनुश्रीको समर्थन गर्दै मलाइकाले जब मानिसले १० वर्षपछि तनुश्रीले किन यसबारे मुख खोलिन् भन्ने प्रश्न गर्छन् तब यसले आफूलाई दुःखी बनाउने गरेको बताइन् ।
उनले भनिन्, ‘म चाहन्छु कि मानिसहरुले यो मामलामा तनुश्रीलाई पूर्ण समर्थन दिउन् । मलाई थाहा छ कि १० वर्ष अघि पनि तनुश्रीले यसबारे कुरा गरेकी थिइन् तर त्यतिबेला उनको कुरा सुनिएको थिएन । उनको मानसिक स्थिती कस्तो थियो होला । त्यतिबेला उनको दिमागमा कस्तो तनाव थियो होला । उनको तनाव उनलाई मात्र थाहा छ । यो मामलामा सबैले तनुश्रीलाई साथ दिनुपर्छ । हामीले के भएको थियो र के थिएन भन्ने बारे सोच्नुपर्छ । यो साथ दिने समय हो ।’
अमिताभले भनेका थिए, ‘म न तनुश्री हुँ न नाना’:
अमिताभलाई जब यो मामलामा प्रश्न सोधिएको थियो तब उनले भनेका थिए, ‘म न त तनुश्री हुँ न नाना पाटेकर, यसको जवाफ किन दिऊँ ।’
अमिताभ बच्चाको यो मिश्रित जवाफमा तनुश्रीले भनेका थिए, ‘ मलाई दुःख छ कि केही मानिसहरु सामाजिक मुद्दामा फिल्म त गरिरहेका छन् तर त्यही मुद्दामा जब बोल्ने समय आउँछ तब चुप हुन्छन् ।’
अक्षय कुमारसँग पनि रिसाएकी छिन् तनुश्रीः
अक्षय कुमार आजकाल नाना पाटेकरसँग फिल्म हाउसफूल–४ को सुटिङ गरिरहेका छन् । यसमा तनुश्रीले भनेकी थिइन्, ‘ती सबैलाई लाज लाग्नु पर्ने हो जो महिलामाथि गलत व्यवहार गर्नेहरुसँग अहिले पनि काम गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण