सुनीलसँगै कम्ब्याक गर्दै कपिल
एजेन्सी । विवादबीच लामो समय सानो पर्दाबाट टाढा रहेका कमेडियन कपिल शर्मा पुनः आफ्नो पुरानो कार्यक्रम लिएर फर्कने भएका छन् ।
केही दिनअघि ट्वीटर मार्फत कपिलले चाँडै ‘द कपिल शर्मा शो’ लिएर कम्ब्याक गर्न लागेको जानकारी दिएका हुन् ।
हाल आफूले निर्माण गरेको चलचित्र ‘सन अफ मन्जित सिंह’ प्रचारमा व्यस्त रहेका कपिलले उक्त कार्यक्रममा सुनिल ग्रोभर पनि सँगै रहने संकेत पनि गरेका छन् ।
कमेडी नाइटस् वीथ कपिल र कपिल शर्मा शोमा सँगै रहेका कपिल र सुनीलबीच विमानमा झगडा भएको थियो । जसको चर्चा मिडियामा निकै भएको थियो ।
त्यसपछि सुनीलले शो नै छाडेका थिए भने कपिल डिप्रेसनको साथै बिरामी परेपछि केही समयपछि शो नै बन्द भएको थियो ।
तर, अहिले दुई कमेडियनबीच सम्बन्ध सुधार भएको छ ।
हिन्दुस्तान टाइम्सले कपिलको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सुनील र म दाजुभाई जस्तै हौँ । केही दिनअघि मात्र हामी दुवै सँगै थियौँ र हाम्रो नयाँ प्रोजेक्टको बारेमा छलफल पनि गर्यौँ । सबै विवाद झुठा समाचारले खडा गरेका हुन् । हामीसँगै कमेडी शोमा पनि देखिन सक्छौँ ।’
यता, कपिल चाँडै विवाह बन्धनमा बाँधिने पनि खबर सार्वजनिक भइरहेका छन् ।
मुम्बई मिररका अनुसार कपिलले आफ्नो लामो समयदेखिको प्रेमिका जिनी छत्रथसँग विवाह बन्धनमा बाँधिने छन् ।
कपिलको साथीलाई उद्धृत गर्दै पञ्जाबमा चार दिन लामो विवाद समारोहको तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण