तनुश्रीको आरोपमाथि नाना पाटेकरले पत्रकार सम्मेलनमा किन आफ्नो सफाइ दिएनन् ?
बीबीसी
बलिउड नायिका तनुश्री दत्ताको आरोपमा अभिनेता नाना पाटेकरले मुम्बईमा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरे तर उनले त्यहाँ आफ्नो सफाई भने दिएनन् ।
नानाले पत्रकार सम्मेलनमा भने, ‘मेरा वकिलले मलाई यो मामलामा केही नभन्नु भनेका छन् त्यसकारण म अहिले नै यसबारे केही पनि बोल्दिनँ ।’
आफूले १० वर्ष पुरानो यो मुद्दामा आफ्नो कुरा राखिसकेको बताउँदै उनले भने, ‘यो आरोप गलत हो ।’
उनले थपे, ‘आजको वास्तविकता भोलि पनि साँचो हुनेछ र १० वर्षपछि पनि त्यो साँचो नै हुनेछ ।’
आशिक बनाए आपनेकी नायिका तनुश्रीले नाना पाटेकरमाथि लगाइन् उत्पीडनको आरोप
मिडियाका केही मानिसहरुले नाना पाटेकरलाई यसबारे सफाई दिन दबाब दिएपनि उनले यसबारे मुख खोलेनन् ।
नाना पाटेकरमाथि तनुश्रीको आरोपमा बाँडियो बलिउड, समर्थनमा उत्रिए यी सेलिब्रिटी
मिडियाकर्मीले उनलाई एक तरिकाले पछ्याए पनि तर नानाले भनिरहे, ‘जब कुरा स्पष्ट हुन्छ तब म आफ्नो कुरा राख्नेछु ।’
नानापछि तनुश्रीले लगाइन् विवेकमाथि आरोपः भनेका थिए, ‘कपडा खोल’
फिल्म ‘आशिक बनाया आपने’ बाट चर्चित भएकी तनुश्रीका अनुसार फिल्म ‘हर्न ओके प्लिज’ को क्रममा नानाले उनीमाथि गलत व्यवहार गरेका थिए ।
तनुश्रीले आफ्नो लडाईं एक्लै लड्नुपर्छः पूजा भट्ट
तनुश्री अहिले अमेरिकामा बस्छिन् र आजकाल भारतमा आएकी छिन् । यद्यपी, उनी लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन् । नाना पाटेकर र तनुश्रीको ‘हर्न आके प्लिज’ फिल्म सन् २००९ मा रिलिज भएको थियो ।
सलमानमाथि भड्किइन् तनुश्रीः भनिन्, ‘न सलमान भगवान हुन् न बिग बस स्वर्ग’
नाना–तनुश्री विवादमा १० वर्ष अघिको भिडियो सार्वजनिक, नायिकाको गाडी यसरी तोडियो (भिडियोसहित)
तनुश्रीमाथि राखी सावन्तको आरोप, ‘उनी लागुऔषधका कारण ढलेकी थिइन्, मैले पूरा गरें गीत’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण