मी टुको मार : कैलाश खेर पनि फसे
एजेन्सी । एकपछि अर्को यौनदुर्व्यवहारको मामिलाको खुलासाको सिलसिलामा फेरि एक पटक कैलाश खेरको नाम जोडिएको छ ।
गायिका सोना महापात्राले कैलाशको हरकतको खुलासा आफ्नो ट्वीटर ह्याण्डलको एक शृङ्खलाबाट गरेका हुन् ।
यसमा सोनाले कैलाश खेरले माफी मागेको विषयलाई पनि निशाना बनाएकी छिन् । उनले लेखेकी छिन्, ‘अझै कति महिलासँग माफी माग्छौ ?’
ट्वीटको शृङ्खला
सोनाले कैलाशलाई निशाना बनाउँदै ट्वीटको शृङ्खलानै लेखेकी छिन् ।
पहिलो ट्वीटमा उनले लेखेकी छिन्, ‘एक कन्सर्ट जसमा कैलाश र मेरो ब्याण्डले प्रस्तुति दिन लागेको थियो । त्यसको लागि मैले कैलाशलाई पृथ्वी क्याफेमा भेटेको थिएँ । कैलाशले त्यतिबेला मलाई ‘तिमी निकै सुन्दर छौ । मलाई यो थाहा पाएर निकै खुसी लागेको छ कि तिमीले एक संगीतकारलाई भेट्यौ, कलाकार होइन’ भन्दै उनले मेरो जाँघमा हात लगाए । त्यसपछि म त्यहाँबाट निक्लिएँ ।’
कोठा आएर भेट्न भने
सोनाले आफ्नो दोस्रो ट्वीटमा कैलाशको मनमानीको कुरा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यसपछि पनि कैलाशको मनमानी जारी रह्यो । जब हामी ढाका पुग्यौँ, हामी आयोजक सँगै कार्यक्रम स्थलमा जाँदै थियौँ । कैलाशले मलाई लगातार कल गरिरहेका थिए । मैले फोन नउठाएपछि उनले आयोजकलाई मलाई साउन्ड चेकको लागि नलगेर उनलाई होटलको कोठामा भेट्नका लागि ल्याउन भने ।’
कैलाशले माफी मागे
महिला पत्रकारहरुले आरोपपछि कैलाश खेरले आफ्नो व्यवहारको लागि माफी मागेका छन् ।
जसबारे टिप्पणी गर्दै सोनाले लेखेकी छिन्, ‘अझै कति महिलासँग माफी माग्छौँ ? अहिले शुरु गरे, पूरै जीवन बित्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण