ममाथि यौनहिंसा भएको थिएन, प्लिज अमिताभ बच्चनलाई बदनाम नगर्नुहोस्ः अभिनेत्री तथा पूर्व मिस इन्डिया शियाली
मि टू अभियानले बलिउडमा यौनहिंसा पीडितलाई आफ्नो आवाज उठाउनका लागि एउटा प्लेटफर्म दिएको छ । सोसल मिडियामा पनि यौनहिंसाका विभिन्न कहानी देख्न पाइएको छ । जसमा एउटा पुरानो केस भाइरल भइरहेको छ । यो केस हो सयाली भगतको । जहाँ सन् २०११ मा सयालीले अमिताभ बच्चनमाथि एक कार्यक्रममा उनलाई गलत ढङ्गले छोएको आरोप लगाएको बताइयो ।
उक्त मुद्दा साइबर क्राइमको थियोः
वास्तवमा एक ट्वीटर प्रयोगकर्ताले यसलाई ट्वीट गरेपछि यसलाई धेरैले रिट्वीट गरियो जसका कारण यो भाइरल भयो । एक भारतीय मिडियाले जब सयाली भगतसँग कुरा गर्यो तब उनले यो पूरा मामला गलत भएको बताइन् ।
उनले भनिन्, ‘ म यौनहिंसाकी पीडित होइन । तर म साइबर क्राइमको शिकार पक्कै हुँ । झुटो प्रेस नोटलाई मेरो स्टेटमेन्ट भनेर फैलाइँदै छ । पहिला पनि यस्तो झुटो प्रेस नोट सर्कुलेट गरिएको थियो । प्लिज यस्तो अबरलाई नचलाउनुहोस् । सन् २०११ मा बम्बे हाइकोर्टले मेरो पक्षमा निर्णय लिएको थियो जुन साइबर क्राइमसँग जोडिएको थियो । प्लिज अमिताभ बच्चन र मलाई बदनाम नगर्नुहोस् ।’
यस्तो थियो पुरानो मुद्दाः
द ट्रेन, जेलजस्ता फिल्ममा काम गरिसकेकी पूर्व मिस इन्डिया सयाली भगतको नाममा सन् २०११ मा एउटा स्टेटमेन्ट जारी भयो । उक्त स्टेटमेन्टमा सयालीले टीनू वर्माको फिल्म ‘द विकेन्ड’ को लञ्चिङको क्रममा मुख्य अतिथीको रुपमा आएका अभिताभ बच्चनसँग आशिर्वाद लिनका लागि झुक्दा गलत तरिकाले छोएको बताइयो । उक्त स्टेटमेन्टमा सयालीले साइनी अहुजा, आर्य बब्बर, साजिद खान र थुप्रै चर्चित कलाकारमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी थिइन् ।
माफी मागिसकेकी छिन् सयालीः
यो मामलामा अमिताभले पुलिसको सहारा लिए । अनुसन्धानपछि यो मामला साइबर क्राइम भएको पत्ता लाग्यो । सयाली भगतले आफूलाई साइबर क्राइमको शिकार बताउँदै सबैसँग माफी मागिन् र उनका पूर्व पब्लिसिस्टले उनको सहमती बिना बयान जारी गरेको जानकारी दिइन् । आफू यसका लागि निकै लज्जित भएको पनि बताइन् । त्यसपछि सयालीले आफ्ना पूर्व पब्लिसिस्टविरुद्ध पुलिसमा मुद्दा पनि दर्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण