मिटूः साजिदबारे दिया मिर्जाले भनिन्, ‘उनी घटिया हुन्’
बलिउड फिल्मनिर्माता साजिद खानमाथि अहिलेसम्म थुप्रै महिलाले यौन उत्पीडनको आरोप लगाइसकेका छन् । आरोपपछि साजिदलाई फिल्म हाउसफूल–४ बाट निर्देशकको रुपमा हटाइयो । साजिद खानको फिल्म ‘हे बेबी’ मा गेस्ट अपियरेन्स दिने बलिउड नायिका दिया मिर्जाले इन्डिया टुडेसँग साजिद खानबारे खुलेर कुराकारी गरेकी छिन् ।
दियाले साजिद खानलाई घटिया बताएकी छिन् । उनले भनिन्, ‘म निकै आहात छु । म मान्छु कि साजिद खराब व्यक्ति हुन् । निकै सेक्सिस्ट र घटिया । मेरा लागि पनि यी मामलाका विस्तृत जानकारी निकै चकित पारिदिने किसिमको छ । म सधैं यस्ता मानिसहरुलाई पहिले नै चिन्छु । मैले काम गर्ने स्थानमा पनि यस्ता मानिससँग सम्बन्ध स्थापित गरेर समय बर्बाद गरेकी छैन ।’
उनी थप्छिन्, ‘उनले कुनै महिलालाई यतिसम्मको व्यवहार गर्न सक्लान् भनेर मैले सोचेकै थिइनँ । पीडित महिलालाई कस्तो भइरहेको होला, त्यो म राम्रोसँग बुझ्न सक्छु ।’
ममाथि कहिले पनि यस्तो भएनँः
दियाले आफू कहिले पनि यौन उत्पीडनको शिकार नभएको बताएकी छिन् । उनका अनुसार तर जब उनी मानिसहरुको खराब मनसायलाई बुझ्न थालिन् र उनीहरुको हिसाबले चल्न अस्विकार गरिन् तब तिनीहरुले उनीसँग कुरा गर्न छोडेका थिए ।
स्मरण रहोस्, फिल्म निर्माता निर्देशक साजिद खानमाथि नायिका सलोनी चोपडाले संगीन आरोप लगाएकी छिन् । त्यसपछि फिल्म उंगलीकी नायिकाले साजिदले आफूमाथि दुर्व्यवहार गरेको र आफ्नो छातीलाई छुने कोसिस गरेको भन्दै आरोप लगाएइन् । त्यसपछि एक पत्रकार र अन्य एक नायिकाले साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण