कंगना रानौत भन्छिन्, ‘मेरो जस्तो जीवन कसैको नहोस्’
बलिउड अभिनेत्री कंगना रनौत खुल्ला रुपमा आफ्नो धारणा व्यक्त गर्नका लागि परिचित छिन् ।
उनले भारतमा हालै भित्रिएको मिटू अभियानबारे पनि आफ्नो राय राखेकी छिन् ।
कंगनाले सुरुदेखि नै मिटू अभियानको खुलेर समर्थन गर्दै आएकी छिन् ।
आफ्नो नयाँ फिल्म मणिकर्णिकाः द क्विन अफ झाँसीको सुटिङ समाप्त भएपछि उनले एउटा पार्टी राखिन् जहाँ कंगनाले आफ्नो जीवन एक संघर्ष हो र जीवनभरी आफूले संघर्ष नै गरिरहेको दर्साउन खोजेकी छिन् ।
‘मेरोजस्तो जीवन अरु कसैको नहोस्’:
कंगनाले रानी लक्ष्मीबाईको जीवन अत्यधिक संघर्षपूर्ण बताउँदै आफ्नो पनि जीवन यस्तै भएको बताएकी छिन् ।
उनले भनिन्, ‘म चाहन्नँ कि मेरोजस्तो जीवन अरु कसैको होस् र आफ्नो बच्चालाई पनि यस्तो संघर्षले भरिएको जीवन दिन चाहन्नँ । मलाई लाग्छ कि म जन्मेदेखि मैले हरेक कुराको लागि लड्नु परेको छ । यसै कारण रानी लक्ष्मीबाई र ममा एकदम समानता छ ।’
कंगनाले कुनैबेला आफूलाई इन्डष्ट्रिमा कुनै खान (शाहरुख, सलमान, आमिर) को आवश्यकता नभएको बताएकी थिइन् । कुनै स्टारको पछाडि उभिएर आफूले सफलता हाँसिल गर्न नचाहेको उनले बताउँदै आएकी छिन् ।
अहिले त कंगनासँग कामको कुनै कमी छैन । कुनै पनि ए लिस्टरजस्तै उनीसँग तीन–चारवटा फिल्म छ । मणिकर्णिकापछि उनी राजकुमार रावसँग ‘मेन्टल हे क्या’ नामको फिल्म गर्दैछिन् । यसबाहेक उनीसँग निर्देशक अश्विनी अय्यर तिवारीको पनि एउटा फिल्म छ जसमा उनी एक कबड्डी खेलाडी बनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण