राखी सावन्तले भनिन्, ‘तनुश्री दत्ता महिला होइन पुरुष हो, उनले मेरो धेरै पटक बलात्कार गरेकी छिन्’
बलिउडकी कन्ट्रोभर्सी क्विन भनिने राखी सावन्तले बुधबार अबेर पत्रकार सम्मेलनको आयोजना गरेर तनुश्री दत्ताबारे विभिन्न टिका टिप्पणी गरेकी छिन् ।
उक्त पत्रकार सम्मेलनमा राखीले तनुश्रीमाथि मानहानीको मुद्दा दर्ता गरेपछि उनीमाथि बलात्कारको गम्भीर आरोप लगाएकी छिन् । तुनश्रीले कपाल खौरनुको कारण पनि खुलाइन् । राखी सावन्तको यो पत्रकार सम्मेलनको भिडियो बलिउड हंगामाले जारी गरेको छ ।
राखी सावन्त पत्रकार सम्मेलनमा साडी लगाएर टाउकोमा साडीको सप्का राखेर उपस्थित भएकी थिइन् । सबैभन्दा पहिले उनले भनिन्, ‘मलाई निकै दुःख लागिरहेको छ । आज म निकै उदास छु । धेरै भयो मिटू अब सिटूको सुरुवात गर्न चाहन्छु । आज म संसारलाई त्यो वास्तविकता बताउन चाहन्छु जसलाई मैले १२ वर्षसम्म लुकाएर राखें । आफ्नो अनुहार लुकाउँदै राखीको कामेको आवाजमा भने, ‘तनुश्रीले मेरो पटक–पटक बलात्कार गरेकी छिन् ।’
राखीले थपिन्, ‘मलाई यो कुरा सार्वजनिक गर्न निकै दुःख लागिरहेको छ । तर ममाथि अत्याचार भएको छ । मलाई हत्याको र सामूहिक बलात्कारको धम्की आइरहेको छ । ’
तनुश्रीले आफ्नो पटकपटक बलात्कार गरेको र गोप्य अंग छोएको भन्दै आरोप लगाएकी छिन् ।
राखीले मिडियासामू भनिन्, ‘तनुश्री तिमी मलाई यति धेरै चाहन्छौ मलाई थाहा थिएन । तनुले मेरो लागि आफ्नो कपाल पनि खौरिइन् । उनले आफैं मलाई यसबारे बताएकी थिइन् । अब तिमी खेल खेलिरहेका छौ । तिमीले इन्डष्ट्रिलाई बदनाम गरिरहेका छौ । नारको टेस्ट नाना पाटेकरको होइन तनुश्रीको हुनुपर्छ ।’
‘तपाईंहरुको सोचिरहनुभएको होला कि एक महिलाले महिलाको कसरी बलात्कार गर्न सक्छिन् ? तर म उनीबारे एउटा खुलासा गर्न चाहन्छु कि उनी एक समलिङ्गी हुन् । उनी एक महिला होइन, पुरुष हो । हो, उनी भित्री रुपमा एक पुरुष हुन् । उनले मलाई रेव पार्टीमा लैजान्थिन् । त्यहाँ उनी नशालु पदार्थ खाने गर्थिन् । मलाई यसबारे केही थाहा थिएन । उनले मलाई जबर्जस्ती खुवाउने गर्थिन् । त्यो खाएपछि म उडिरहेको छु जस्तो महसुस हुन्थ्यो ।’
उनले थपिन्, ‘तनुश्री १२ वर्ष अघि मेरो अति मिल्ने साथी थिइन् । म सबैकुराबाट अञ्जान थिएँ । तर आज म आफूमाथि भएको ज्यादतीबारे जानकारी दिँदै छु । पुरुषले मात्र बलात्कार गर्दैनन्, एक महिलाले पनि बलात्कार गर्न सक्छिन् । यो सुनेर मानिसहरु हाँसिरहेका होलान् तर यो वास्तविकता हो । तनुश्रीले मेरो पटक पटक बलात्कार गरेकी छिन् ।’
राखी सावन्तले तनुश्रीलाई तथानाम गाली गरेर नानामाथि नभएको आरोप लगाएको बताएकी छिन् । राखी र तनुश्रीबीच वाकयुद्ध चलिरहेको छ । मामला मानहानीसम्म पुगेको छ । तनुश्री नाना विवादमा राखीले खुल्ला रुपमा नानाको समर्थन गरिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण