मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

प्रियंका–निकको विवाहमा एक सय १० पाहुनालाई निम्तो !

शुक्रबार, ०९ कात्तिक २०७५, १० : १४
शुक्रबार, ०९ कात्तिक २०७५

प्रियंका चोपडा र निक जोनसको विवाहको चर्चा अत्यधिक छ । भारतीय मिडियामा सार्वजनिक भइरहेको खबर अनुसार यी दुई नोभेम्बर ३० तारिखमा विवाह बन्धनमा बाँधिदैछन् ।

रिपोर्टलाई उद्धृत गर्दै इन्डिया टुडेले यी दुईको विवाहमा एक सय १० पाहुनालाई निम्तो दिइएको जानकारी दिएको छ ।

स्रोतका अनुसार विवाह जोधपुरको उम्मेद भवन प्यालेसमा हुँदैछ जुन तीन दिनसम्म चल्नेछ ।

‘यी दुईको विवाह नोभेम्बर ३० तारिखमा हुनेछ । संगीत कार्यक्रम नोभेम्बर २९ मा हुनेछ भने रिसेप्सन डिसेम्बर १ मा । उनीहरुले परिवार र आफन्त गरी एक सय १० जनालाई निम्तो बाँडिसकेका छन्,’ स्रोतलाई उद्धृत गर्दै स्रोतलाई बताएको छ ।

स्रोतका अनुसार संगित कार्यक्रम र ब्याचलर नाइट मेराङ्घर फोर्टमा हुनेछ ।

यद्यपी, निक र प्रियंकाले विवाहको आधिकारिक घोषणा गर्न बाँकी नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप