मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मीटूः भाइ साजिदमाथि लागेको यौन शोषणको आरोपमा फराह खानको यस्तो प्रतिक्रिया

शुक्रबार, ०९ कात्तिक २०७५, १२ : १६
शुक्रबार, ०९ कात्तिक २०७५

फिल्म निर्माता–कोरियोग्राफर फराह खानले आफ्ना निर्माता भाइ साजिद खानविरुद्ध लागेको यौन शोषणको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिनबाट बचिरहेकी छिन् ।

फराह बुधबार अमिताभ बच्चन, जया बच्चन, श्वेता नन्दा र मनिष पलसँग एक किताब बिमोचन कार्यक्रममा उपस्थित भएकी थिइन् ।

उक्त कार्यक्रममा जब पत्रकारले प्रश्नको सिलसिला सुरु गर्न चाहे तब उनले भनिन्, ‘यो बिन्दुमा, अब हामी हिँड्नुपर्छ ।’ यति भनेपछि उनी फटाफट त्यहाँबाट हिँडिन् ।

साजिद खानमाथि अभिनेत्री सलोनी चोपडा, राचेल ह्वाइट र पत्रकार करिश्मा उपाध्यायले यौन उत्पीडनको आरोप लगाएका छन् । साजिद खानमाथि लागेको गम्भीर आरोपपछि उनकी दिदीले अक्टोबर १२ तारिखमा ट्वीट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यो मेरो परिवारका लागि आहत गरिदिने समय हो । हामीले निकै मुश्किल मुद्दामा काम गर्न आवश्यक छ ।’

‘यदि मेरो भाइले यस्तो व्यवहार गरेको भए उनले यसको निकै ठूलो मूल्य चुकाउनुपर्छ । म कुनै पनि हालतमा यस्तो व्यवहारको समर्थन गर्दिनँ र आहत महिलाको एकजुटतामा उनीहरुको साथमा छु,’ उनले लेखेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप