मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अभिनेता झैं देखिने व्यक्तिले बियर चोरे, यता नायकले भने भिडियो पोष्ट गरेर स्पष्टिकरण दिनु पर्यो

शनिबार, १० कात्तिक २०७५, ०९ : २५
शनिबार, १० कात्तिक २०७५

ब्रिटेनको ब्ल्याकपूल इलाकाको रेष्टुरेन्टबाट एक व्यक्तिले बियरको क्यान चोरे । आरोपी बेलायती नायक डेविड श्विमरजस्तै देखिन्छन् । बियर चोर्दै गरेको उनको भिडियो क्यामरामा कैद भयो । पुलिसले उनको पहिचान गर्न नसकेकाले उक्त भिडियो सोसल मिडियामा राखे । भिडियो सार्वजनिक भएपछि धेरैले ती व्यक्ति नायक डेविड श्विमर भएको बताए ।

त्यसपछि नायक डेविडले ट्वीटरमा भिडियो पोष्ट गरेर पुलिसलाई बियर चोर्ने व्यक्ति आफू नभएको भन्दै स्पष्टिकरण दिनु पर्यो ।

म न्यूयोर्कमा थिएँः नायक

नायक डेविड श्विमरले ट्वीट गरे, ‘अफिसर्स, म कसम खाएर भन्छु कि भिडियोमा देखिएका व्यक्ति म होइन । जतिबेला (सेप्टेम्बर २०) मा घटना भयो तब म न्यूयोर्कमा थिएँ । कडा मेहनत गर्ने ब्ल्याकपूल पुलिसलाई अनुसन्धानका लागि बेस्ट अफ लक ।’

लंकाशायर पुलिसले जवाफमा लेख्यो, ‘सहयोगका लागि धन्यवाद । लामो समयदेखि हामी आरोपीको खोजीमा जुटिरहेका छौं । धेरैले आरोपी फ्रेन्ड्स सिरियलमा रस ग्यालरको भूमिका निभाउने नायक डेविड श्विमरजस्ता देखिन्छन् भन्ने जानकारी दिएका थिए ।’

श्विमरको पोष्टलाई ४० हजारभन्दा बडि पटक सेयर गरिएको छ । उनका थुप्रै प्रशंसकले यसलाई रिट्वीट पनि गरेका छन् । प्रयोगकर्ता ओ’सुलिवानले उनको तारिफ गरो छन् । यस्तै, अन्य एक प्रयोगकर्ता जोसलिन एस्पाले लेखिन्, ‘श्विमरले अहिलेसम्मको सबैभन्दा राम्रो काम गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप