ऐश्वर्याका लागि अभिषेक बच्चनले लिन्छन् करवा चौथको ब्रत
भारतमा करवा चौथको ब्रत जति सर्वसाधारणका बीच चर्चित छ त्यति नै बलिउड सेलिब्रिटीमाझ पनि । थुप्रै सेलिब्रिटीका श्रीमतीले यो ब्रत लिन्छन् । अभिषेक बच्चनले श्रीमतीका साथै श्रीमानले पनि करवा चौथको ब्रत लिनुपर्ने धारणा ट्वीटरमा व्यक्त गरेका छन् ।
अभिषेकले लेखेका छन्, ‘करवा चौथका लागि महिलाहरुलाई शुभकामना । र कर्तव्यनिष्ठ श्रीमानहरुले पनि आफ्नी श्रीमतीको लागि ब्रत बस्नुपर्छ । म बस्छु ।’
ऐश्वर्या र अभिषेकको विवाह भएको ११ वर्ष बितिसकेको छ । यसै महिना भएको इन्डिया टुड कन्क्लेवमा अभिषेकले ऐश्वर्याका थुप्रै विशेषताबारे जानकारी दिए । साथै उनले आफ्नो लभ स्टोरीबारे पनि कुरा गरेका थिए । अभिषेकले भनेका थिए, ‘हामी पहिलो फिल्मदेखि नै राम्रा साथी बनेका थियौं । यो दोस्ती समयसँगै अघि बढ्दै गयो ।’
#KarvaChauth, good luck ladies.... And the dutiful husbands who should also be fasting with their wives!
— Abhishek Bachchan (@juniorbachchan) October 27, 2018
I do.
अभिषेकले थपे, ‘ऐश्वर्याले सबैकुरा निकै राम्रो तरिकाले म्यानेज गर्छिन् । मलाई थाहा छैन, उनले यस्तो कसरी गर्न सक्छिन् । उनी एक सफल नायिका हुनुका साथै उत्कृष्ट बुहारी, श्रीमती, आमा र छोरी पनि हुन् । उनी सबैकुरा मिलाएर हिँड्न सक्छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण