अर्जुन रामपालकी आमाको अन्तिम संस्कारमा पुगिन् पूर्व श्रीमती, हाँसेको भन्दै छोरी ट्रोल
बलिउड अभिनेता अर्जुन रामपालकी आमा ग्विन रामपालको आइतबार निधन भएको छ । ६७ वर्षकी ग्विनको अन्तिम संस्कार पनि आइतबार बेलुका नै गरियो । अन्तिम यात्रामा निर्देशक अभिषेक कपूर र उनकी श्रीमती प्रज्ञा यादव, नायक गुरमित चौधरी, हर्षवर्धन राणे, किम शर्मासमेत केही बलिउड सेलिब्रिटी देखिए । साथै, अर्जुनकी पूर्व श्रीमती मेहर जेसिया र दुई छोरी माहिका (१६) र मायरा (१३) पनि ग्विन रामपाललाई अन्तिम विदाई दिन पुगे ।
अन्तिम संस्कारमा हाँसिरहेकी देखिइन् रामपालकी जेठी छोरीः
मेहरको आँखा आफ्नी पूर्व सासूआमाको मृत्युमा भिजेको थियो भने अर्जुन रामपालकी जेठी छोरी माहिकाको एउटा फोटो सोसल मिडियामा सार्वजनिक भयो जसमा उनी हाँसिरहेको देखिएकी थिइन् ।
सोसल मिडियामा ट्रोलः
यसकारण सोसल मिडियामा माहिका ट्रोल भइरहेकी छिन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनुहारमा किन हाँसो छ, मूर्ख केटी ?’

गेब्रिएला डेमेट्रिएडससँग अर्जुन रामपाल
यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘आफ्नी हजुरआमाका लागि केही सम्मान छैन ?’
स्मरण रहोस्, अर्जुनले सन् १९९८ मा दुई वर्ष जेठी सुपरमोडल मेहर जेसियासँग विवाह गरेकी थिइन् । सन् २००२ मा उनकी जेठी छोरी माहिका र सन् २००५ मा कान्छी छोरी मायराको जन्म भयो । यसै वर्ष मेमा अर्जुन र मेहरले २० वर्षको सम्बन्धलाई समाप्त गर्ने घोषणा गरे । अर्जुन अब कथित रुपमा गेब्रिएला डेमेट्रिएडसलाई डेट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण