मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जसलिनको कन्यादान गर्न चाहन्छन् अनुप जलोटा, यस्तो छ योजना

मङ्गलबार, १३ कात्तिक २०७५, १० : १७
मङ्गलबार, १३ कात्तिक २०७५

बिग बस १२ को घरबाट बाहिरिसकेका अनुप जलोटाले निकै अचम्मित गरिदिने बयान दिएका छन् । उनले घरबाट बाहिर निस्किएपछि जसलिनलाई डेट गरिरहेको खबर अस्विकार गरेका छन् । एक अन्तर्वार्तामा उनले जसलिनको कन्यादान दिन चाहेको बताएका छन् ।

बलिउड लाइफलाई दिएको अन्तर्वार्तामा अनूप जलोटाले भने, ‘मैले घरबाट बाहिर आएर जसलिनका बुवासँग कुराकानी गरें । मैले उनलाई आफू जसलिनको कन्यादान दिन चाहेको पनि बताएँ । जसलिनका पिता र म मिलेर जसलिनको कन्यादान दिने कुरामा हामी सहमत भएको छौं । ’

अनुप जलोटा बिग बसको घरबाट बाहिर निस्किएपछि आमालाई भेट्न जाँदा ‘यो जसलिन को हो ?’ भनेर प्रश्न सोधेको उनले बताए ।

आमाको प्रश्नको जवाफमा उनले ‘यी सबै हल्ला मात्र हुन्’ र ‘जसलिन आफ्नी एक विद्यार्थीमात्र भएको’ बताए । स्मरण रहोस्, अनुप–जसलिन विचित्र जोडीको रुपमा बिग बस भित्रिएका थिए ।

बिगबसः २८ वर्षे जसलिनसँगको सम्बन्धबारे ६५ वर्षे भजन सम्राटकी पूर्व श्रीमतीको यस्तो प्रतिक्रिया

जसलिनबारे अनुपले भने, ‘हाम्रो सम्बन्ध निकै पवित्र र संगीतमय छ र मलाई लाग्छ कि यो प्रेमभन्दा निकै माथि छ । ’ भजन सम्राट थप्छन्, ‘जसलिनसँगको सम्बन्ध शारिरिक नभई आध्यात्मिक हो । कार्यक्रम बाहिर हामी एक दुई पटक मात्र एक अर्काको घर गएका छौं ।’

बिग बसमा ६५ वर्षे भजन सम्राट र उनकी २८ वर्षे प्रेमिकाको चर्चा

उनी भन्छन्, ‘जसलिन मेरी छात्रा हुन् । जसलिनका बुवा मेरा निकै राम्रा साथी हुन् र जसलिन मेरी निकै राम्री म्युजिकल फ्रेन्ड हुन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप