मीटूः केआरकेले महिला कर्मचारीलाई जागिरबाट निकाल्दै भने, ‘म श्रीमतीको दास, उनको मर्जीले गरेँ’
आफूलाई नायक, निर्माता र फिल्म क्रिटिक बताउने कमाल राशिद खान उर्फ केआरकेले मीटूको डरले सबै महिला कर्मचारीलाई जागिरबाट निकालेका छन् । यसबारे उनले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटमा श्रीमतीको आदेशले यस्तो निर्णय लिएको जानकारी दिए ।
केआरकेले लेखे, ‘हो, यो शत प्रतिशत सही हो कि म श्रीमतीको दास हुँ । यसकारण उनको आदेश मानेको हुँ । अब मेरो भारत र दुबईको कुनै पनि अफिसमा महिला कर्मचारी छैनन् । आजबाट न त पार्टी गरिन्छ न नै कुनै महिलासँग कुराकानी । धन्यवाद मीटू ।’
अहिले दुबईमा छन् केआरकेः
केआरके आजकाल दुबईमा छन् । केही दिन अघि उनी दुबईस्थित घरमा लडेपछि अस्पताल भर्ना भएको खबर सार्वजनिक भएको थियो । केआरकेकी श्रीमतीको नाम आयशा हो र दुबैका दुई सन्तान छन् । केआरकेले हिरो बन्नका लागि घर छोडेको बताइन्छ । सन् २००५ मा फिल्म ‘सितम’ बाट उनले निर्माताको रुपमा आफ्नो करियरको सुरुवात गरे । त्यसपछि उनले ‘देशद्रोही’ र ‘एक भिलेन’ जस्ता फिल्ममा काम गरे ।
गार्मेन्टको व्यापार गर्छन्ः
रिपोर्टका अनुसार केआरके गार्मेन्टको व्यापार गर्छन् । उनको इन्टरटेन्मेन्ट वेबसाइट पनि छ । यसबाहेक उनी खाडी मुलुकमा मजदुर पठाउने काम पनि गर्छन् । मुम्बईमा केआरकेको अफिस वर्सोवामा छ । त्यहाँ उनको घर पनि छ । दुबईमा पनि केआरकेको बंगला छ जसको नाम ‘जन्नत’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण