४५ कि भइन् ऐश्वर्या राय, हेर्नुहोस् १० नदेखेका तस्बिर
विश्व सुन्दरी ऐश्वर्या राय नोभेम्बर १ तारिखमा आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् । पद्म श्रीद्वारा सम्मानित ऐश्वर्या बलिउडकी निकै चर्चित नायिका हुन् जसले देवदास, जोधा अकबर, हम दिल दे चुके सनम, मोहब्बतेंजस्ता हिट फिल्ममा काम गरिन् ।
ऐश्वर्याले कलेजको दिनमा नै विज्ञापनमा काम गर्न सुरु गरेकी थिइन् । कम उमेरमा नै उनी ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी थिइन् ।
मोडलिङ गर्दागर्दै उनी मिस इन्डियामा सहभागी भइन् । सन् १९९४ मा उनी मिस वर्ल्ड बनिन् ।
त्यसपछि ऐश्वर्याले फिल्ममा अफर पाउन थालिन् । उनले आफ्नो करियरको सुरुवात सन् १९९७ मा मणि रत्नमको तमिल फिल्म ‘इरुवर’बाट गरिन् ।
नायिकाको पहिलो हिन्दी फिल्मको नाम ‘और प्यार हो गया’ थियो । उक्त फिल्म पनि सन् १९९७ मा रिलिज भएको थियो । उनको पहिलो व्यवसायिक सफल फिल्म तमिल रोमान्टिक ड्रामा ‘जिन्स’ थियो ।
ऐश्वर्यालाई फिल्म ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि चिनिन्छ ।
सन् २००७ मा ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । उनकी एक छोरी आराध्या पनि छिन् ।
उनी फिटनेस र सुन्दरताको मामलामा थुप्रैको आइडल हुन् । ऐश्वर्या ४५ वर्षमा पनि एकदम फिट देखिन्छिन् । यद्यपी, सन्तान जन्माइसकेपछि बढेको उनको तौलको धेरैले आलोचना पनि गरेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण