१७ वर्षको उमेरमा रणबीरले बनाएका थिए ऐश्वर्याको पेन्टिङ
बलिउड नायक रणबीर कपुरले १७ वर्षको हुँदा नायिका ऐश्वर्या रायको पेन्टिङ बनाएका थिए । ऐश्वर्या जब फिल्म ‘आ अब लौट चले’ मा काम गरिरहेकी थिइन् तब रणबीरले उनको पेन्टिङ बनाएका थिए । त्यतिबेला रणबीर आफ्ना पिता ऋषि कपुरलाई सहयोग गरिरहेका थिए ।
फिल्मको सेटमा रणबीर र ऐश्वर्या निकै मिल्ने साथी बनेका थिए । ऐश्वर्याको स्केच गरिरहेको रणबीरको तस्बिर त्यति नै बेलाको हो । यो सन् १९९९ को कुरा हो । त्यतिबेला रणबीर मात्र १७ वर्षका थिए ।
तस्बिरमा देखिए अनुसार ऐश्वर्या मुस्कुराउँदै रणबीरलाई पोज दिइरहेकी छिन् ।
RK the teenager making a sketch of Aishwarya Rai on the sets of Aa Ab Laut Chalen! pic.twitter.com/ja2PCRIcfI
— Ranbir Kapoor Fan Club (@RanbirKapoorFC) November 1, 2016
रणबीर र ऐश्वर्याले फिल्म ‘ए दिल हे मुश्किल’ मा काम गरेका छन् । फिल्म सन् २०१६ मा रिलिज भएको थियो । ऐश्वर्या रणबीरलाई आफ्नो निकै मिल्ने साथी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण