सार्वजनिक स्थलमा दुर्व्यवहार भोगेका सात बलिउड नायिकाः कोही रोए, कतिले हाने थप्पड
मुम्बई– बलिउड सुन्दर अभिनेत्रीले भरिएको छ । हरेक अभिनेत्रीका लाखौँ प्रशंसक छन् । सार्वजनिक स्थलमा निस्किँदा उनीहरूको एक झलक पाउन फ्यान अक्सर मारपिट गर्ने गर्छन् । यस्तैमा उनीहरूका केही फ्यान यस्ता पनि छन् जो उनीहरूलाई भीडभाडमा जिस्क्याउनुका साथै दुर्व्यवहारसमेत गर्न पछि पर्दैनन् ।
करिना कपुर खान
२०१३ मा एक इभेन्टको दौरानमा करिनालाई पब्लिकले जिस्क्याएका थिए । इभेन्टमा सहभागी भएर जब करिना कार्यक्रम स्थलबाट बाहिर निस्किँदै थिइन्, सो समय उनीमाथि सर्वसाधारणले दुर्व्यवहारसमेत गरेका थिए । उनका अनुसार त्यतिबेला उनलाई निकै डर लागेको थियो ।
तापसी पन्नु
तापसीले एक इभेन्टमा भनेकी थिइन्, ‘दिल्लीमा मलाई अक्सर जिस्क्याउने गरिन्छ ।’ सोही क्रममा उनले आफूलाई पब्लिकले गलत तरिकाले छुने र जिस्क्याउने गरेकोसमेत खुलासा गरिन् ।
कट्रिना कैफ
एक समय कट्रिना साउथ कोलकाताको एक दुर्गा पूजाको उत्सवमा सहभागी भएकी थिइन् । पूजा सकिएपछि त्यहाँका केही व्यक्तिले उनीमाथि दुव्र्यवहार गरेका थिए ।
सोनाक्षी सिंहा
एक इभेन्टमा सहभागी हुँदा सोनाक्षीलाई भीडमा सहभागी मानिसमध्ये केहीले भद्दा कमेन्ट गरेका थिए । सो समय उनलाई जबजस्र्ती छुने कोसिससमेत गरिएको थियो । त्यतिबेला सोनाक्षी रोएकीसमेत थिइन् ।
सोनम कपुर
सोनम आफ्नो चलचित्र रांक्षणाको प्रमोसनमा जाँदा उनीमाथि सर्वसाधारणले अभद्र व्यवहार देखाएका थिए । त्यतिबेला फिल्मका नायक धनुसले उनको मद्दत गरेका थिए ।
गौहर खान
गौहर टिभी रियालटी सो ‘इन्डियाज रकस्टार’ को सुटिङ गर्दै थिइन् । सो समय उनलाई मोहम्मद अकिल नामका एक व्यक्तिले थप्पड हानेका थिए ।
अमिषा पटेल
एक गहना सोरुमको उद्घाटनका लागि उनी गोखरपुर पुगेकी थिइन् । सो समय उनलाई हेर्न निकै भीड लागेको थियो । सो भीडमा एक युवकले उनलाई जबर्जस्ती छोएका थिए । अमिषाले ती युवकलाई थप्पड हानेकी थिइन् ।
सुष्मिता सेन
सुष्मिता पुणेको एक गहना पसल उद्घाटनमा पुगेकी थिइन् । त्यहाँबाट फर्कंदा उनी आफ्नो कारमा बस्ने कोसिस गर्दै थिइन् । सोही समय केही मानिसले उनलाई गिज्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण