प्रियंका र निकको विवाहमा बलिउडका कसैलाई पनि निम्तो छैन
बुधबार, २१ कात्तिक २०७५, ०९ : ०५
बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको डिसेम्बर दुई तारिखमा हुने भनिएको विवाहमा बलिउडका कसैलाई निम्तो नभएको बताइएको छ ।
पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण नगरिएको रिपोर्टमा दाबी गरिएको छ ।
प्रियंका र निकको विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होटलमा हुने बताइएको छ भने विवाह अघि आयोजना गरिने संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुनेछ ।
यस्तै, बलिउडकै अर्का जोडी दीपिका पादुकोण र रणबीर सिंहको रिसेप्सन डिसेम्बर १ मा मुम्बईमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण