तैमुर झैं देखिने खेलौना देखेर डराइन् करिना कपुरः भन्छिन् ‘थाहा छैन, के गरौं कसरी गरौं’
बलिउडका चर्चित जोडी करिना कपुर र सैफ अली खानका छोरा तैमुर अली खान निकै चर्चित स्टारकिडमध्येका एक हुन् । उनको चर्चा यति छ कि उनको एउटा तस्बिरको मूल्य १५ सय भएको बताइन्छ जुन कुनै सुपरस्टारको भन्दा बढी हो । उनको यही लोकप्रियतालाई मध्य नजर गर्दै खेलौना व्यापारीले उनीझैं देखिने खेलौना बजारमा भित्र्याएका छन् । छोरा झैं देखिने खेलौना बजारमा आएकोमा करिनाले असन्तुष्टि व्यक्त गरेकी छिन् ।
एक मिडिया च्यानलसँग कुरा गर्दै करिनाले सुरुमा त आफू त्यो देखेर डराएको बताइन् । उनी भन्छिन्, ‘हुन त तैमुरलाई अटेन्शन मनपर्छ । उनी क्यामराको अगाडि हाइ र बाई गर्छन् ।’
‘जब मैले खेलौना देखें तब के गर्ने कसरी गर्ने भन्नेबारे सोच्नै सकिनँ । म र सैफ दुबैलाई थाहा छ कि मिडियालाई तैमुरका कारण निकै फाइदा छ र यो अटेन्शन उसको जीवनको हिस्सा हो । त्यसकारण हामी चाहन्छौं कि उ यसैसँग हुर्कियोस् । हामी कहिले पनि उसलाई क्यामराको अगाडि केही गर्नबाट रोक्दैनौं ।’
उनी थप्छिन्, ‘तर यति हुँदाहुँदै म र सेफ यो चाहन्छौं कि तैमुर अरु बच्चाजस्तै साधारण होस् । जसको बाँच्ने तरिका निकै सादा होस् ।’
‘मलाई अचम्म लागेको छ कि तैमुर खेलौनो देखेर सैफ निकै रिल्याक्स थिए,’ उनले भनिन् ।
सेफको भनाई उद्धृत गर्दै करिना भन्छिन्, ‘यो एउटा आशिर्वाद हो । हाम्रो छोरालाई सबैले यति धेरै मन पराउँछन् । त्यसकारण हामी यसलाई रोक्न सक्दैनौं । अचानक यसको आवत जावतमा रोक लगाउन सक्दैनौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण