मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

एशियाको सबैभन्दा सेक्सी महिलाको दोस्रो स्थानमा परिसकेकी छिन् यी नायिका, हेर्नुहोस्  १२ तस्बिर

शुक्रबार, ०७ मङ्सिर २०७५, १२ : २५
शुक्रबार, ०७ मङ्सिर २०७५

सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी निया शर्मा एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा छानिइसकेकी छिन् । उनी आफ्नो हट फोटोसुटका लागि पनि चर्चामा छाइरहिन्छन् ।

निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो ।

त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् ।

सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट निया शर्माको लोकप्रियता बढ्न थाल्यो ।

सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा ।

त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो ।

ईश्कमे मरजावां सिरियलमा नियाले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् ।

निया विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्नेछिन् ।

सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हाँसिल गरेकी थिइन् । यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् ।

सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् ।

मोडलिङ, ग्ल्यामर र हटनेसको मामलामा उनले थुप्रै बलिउड नायिकालाई पनि पछि पारेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप