मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बलिउडकै महङ्गो फिल्मः रिलिज अघि नै कमायो ३७० करोड

आइतबार, ०९ मङ्सिर २०७५, १२ : ४७
आइतबार, ०९ मङ्सिर २०७५

एजेन्सी – बहुप्रतीक्षित बलिवुड फिल्म ‘२.०’ ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ । 

यस बर्षको सर्वाधिक प्रतिक्षारत फिल्म ‘२.०’ ५ सय करोडको लागतमा बनेको हो। 

यही नोबेम्बर २९ रिलिज मिति तोकिएको यो फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले पहिलो दिनतामिलनाडुमा मात्र ८५ करोड न्युनतम व्यापार गर्ने अनुमान गरिएको छ । 

फिल्म ‘२.०’ भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म ‘रोबोट’को अर्को भाग हो । जुन २०१० मा रिलिज भएको थियो । 

रजनीकान्तको यो फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गर्न लागिएको छ । फिल्मको हिन्दी भर्सनको निर्माण करन जोहरले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप