मीटूबारे बोले लक्की अलीः ‘सबैले मस्ती गरे, पहिले नै किन मुख खोलिएन ?’
भारतीय गायक लक्की अलीले मीटू अभियानबारे प्रतिक्रिया दिँदै यौन उत्पीडनको वर्षौंपछि महिलाले मुख खोलेकोमा प्रश्न गरेका छन् । उनले सोधे, ‘जब यस्तो भयो त्यतिबेला चाहिँ किन मुख खोलिएन ?’
IANS लाई दिएको अन्तर्वार्तामा लक्की अलीले भने, ‘महिलाले पहिले नै मुख खोल्नु पर्दथ्यो । नराम्रो कुरा सार्वजनिक भएरै छाड्छ । अब के गर्न सकिन्छ, सबैले मस्ती गरेका छन्, पोल भने अहिले खुल्दै छ । यो निकै हास्यास्पद छ । अर्थात्, ममाथि यो भएको थियो, यस्तो घटना भएको थियो भनेर सबैलाई अहिले याद आइरहेको छ । जब दुर्घटना भयो तब कसैको किन मुख खुलेन ?’
उनले थपे, ‘गलत कुरा सार्वजनिक भएरै छाड्छ, चाहे त्यसलाई जतिसुकै लुकाउन प्रयास गरियोस् । अझ अहिलेको जमानामा त भएरै छाड्छ किनभने प्रविधीले यति चाँडै परिवर्तन ल्याइदिएको छ । मानिसहरु जो रातमा काम गरिरहेका छन् उनीहरुको दिन रात हुन्छ र रात दिन हुन्छ । जमाना अब परिवर्तन भएको छ ।’
सोसल मिडिया ट्रोलिङबाट उनीहरु कसरी बच्ने ? यसको जवाफमा लक्की अली भन्छन्, ‘सोसल मिडिया ट्रोललाई ह्यान्डल गर्नुपर्छ । कहिलेकाँही मानिसहरुको प्रतिक्रियाले भावुक बनाउँछ । ट्रोलरलाई त हामी उनीहरुकै शब्दमा जवाफ दिन्छौं ।’
फिल्ममा फिर्ता हुनेबारे उनले भने, ‘आज फिल्ममा मेरो काम गर्ने मूड छैन । बलिउडमा केही पनि छैन । मलाई मनपर्ने भूमिका नै छैन भने म कसरी काम गर्न सक्छु ?’
लक्की अलीले बलिउडका विभिन्न फिल्ममा गीत गाइसकेका छन् । उनले अभिनेताको रुपमा पनि फिल्ममा काम गरे । यद्यपी, पछिल्लो लामो समयदेखि उनी बलिउडबाट टाढा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण