आमिर खानले माफी माग्दै ठग्स अफ हिन्दुस्तान फ्लप हुनुको कारण यस्तो बताए
बीबीसी
आमिर खानले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् ।
आमिर खानले सोमबार मिडियासँग कुराकानीमा भने, ‘फिल्म ठग्स अफ हिन्दुस्तान दर्शकलाई मन परेन । म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु । मलाई लाग्छ कि हामी गलत साबित भयौं । हामीले पूरा कोसिस गरेका हौं । कोसिसमा हामीले केही कुरा पनि बाँकी राखेका थिएनौं । कतै न कतै हामी गलत साबित भयौं ।’
यद्यपी, कतिलाई ठग्स अफ हिन्दुस्तान मन पनि परेको थियो ।
आमिरले ती मानिसहरुलाई धन्यवाद दिँदै भने, ‘कतिलाई फिल्म मनपर्यो । हामी ती व्यक्तिहरुलाई धन्यवाद दिन्छौं । तर यस्ता निकै कम मानिस छन् । धेरैलाई फिल्म मन नै परेन । यो कुरा हामीलाई महसुस भएको छ । कतै न कतै हामी गलत भएका छौं । म यो कुराको पूर्ण जिम्मेवारी लिन्छु ।’
आमिरले भने, ‘दर्शकले केही आशा लिएर मेरो फिल्म हेर्न आएका थिए । म ती दर्शकहरुसँग माफी माग्छु कि मैले उनीहरुलाई मनोरञ्जन दिलाउन सकिनँ । मानिसहरु आशा लिएर आए र मैले मनोरञ्जन प्रदान गर्न नसकेकोमा मलाई खेद छ ।’
बक्स अफिसमा ठग्स अफ हिन्दुस्तानको अवस्थाः
अमिताभ बच्चन, कट्रिना कैफ र आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नोभेम्बर ८ मा रिलिज भएको थियो ।
फिल्मको पहिलो दिनको कमाईले रेकर्ड बनाएको थियो ।
यो फिल्म सन् २०१८ को त्यो फिल्म बन्यो जसले रिलिजको पहिलो दिन नै सबैभन्दा धेरै कमाई गरेको छ । फिल्मको पहिलो दिनको कूल कमाई २५ करोड भारु थियो ।
तर कमाई बिस्तारै खस्किँदै गयो ।
फिल्म क्रिटिक तरण आदर्शका अनुसार उक्त फिल्मले पहिलो हप्तामा एक सय ३४ करोड भारु कमाई गर्यो ।
यस्तै, दोस्रो हप्ता फिल्मको कमाई बढेर एक सय ४९ करोड भारुसम्म पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण