ज्याकी चानकी छोरीले क्यानाडाकी प्रेमिकासँग गरिन् विवाह
ज्याकी चानले बहिस्कार गरेकी छोरी एत्ता एनजीले आफ्नी क्यानाडेली प्रेमिका एन्डी अटमसँग विवाह गरेकी छिन् ।
१९ वर्षे एनजीले इन्स्टाग्राममा सेतो पहिरन लगाएको आफ्नो जोडीको फोटो पोष्ट गर्दै क्याप्सन लेखेकी छिन्, ‘प्रेमको सधैं जित हुन्छ । सधैं...’
‘हंगकंग फिर्ता भयौं श्रीमती र श्रीमतीको रुपमा,’ अटमको अकाउन्टमा राखिएको तस्बिरमा यस्तो लेखिएको थियो ।
‘यो प्रेमले हामीलाई हाम्रो पीडा बिर्सनका लागि अत्यधिक शक्तिशाली र आत्मविश्वासी बनाएको छ । यसले हाम्रो अहंकार परास्त गरेको छ । हामी को हौं र के चाहन्छौं भन्ने उत्तर पनि दिएको छ,’ उनी थप्छिन् ।
एनजी मुभी स्टार चान र पूर्व सुन्दरी एलेइनी एनजीकी छोरी हुन् । चान सन् १९८२ देखि ताइवानी नायिकासँग विवाहित छन् ।
गत मेमा यो जोडीले युट्युबमा आफू क्यानडामा घरबारविहिन भएको बताएका थिए । यसका लागि आफ्ना आमाबुवा जिम्मेवार रहेको उनले बताएकी थिइन् ।
‘हामी पुलमुनी सुत्यौं,’ एनजीले उक्त भिडियोमा भनिन्, ‘हामीले पुलिसलाई भेट्यौं, अस्पताल गयौं, फुड बैंक गयौं र एलजीबीटीक्यू कम्युनिटी सेल्टर गयौं तर कसैले पनि हामीलाई वास्ता गरेनन् ।’
तर यी नवविवाहितका लागि सायद अहिले समय फेरिएको छ ।
यो जोडी टोरोन्टोमा विवाह गरेर हङकङ फर्किएका छन् जहाँ समलिङ्गी विवाहले कानूनी मान्यता पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण