रणबीर कपुरकी बहिनीमाथि लाग्यो चोरीको आरोप, मागिन् माफी
बलिउड नायक रणबीर कपुरकी बहिनी रिद्धिमा कपुरमाथि एक झुम्काको डिजाइन चोरीको आरोप लागेको छ । यसका लागि डिजाइनरको तर्फबाट माफीसमेत मागिएको छ ।
इन्स्टाग्राम अकाउन्टमा जारी गरिएको यो माफीमा रिद्धिमाले कहिले पनि बौद्धिक चोरीलाई प्रोत्साहन नदिएको बताएकी छिन् ।
एक इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो पेजमा मोती र हिराले बनेको झुम्काको फोटो पोष्ट गरे । उक्त डिजाइनलाई रिद्धिमा कपूरको ब्रान्डको बताइएको थियो । यद्यपी, प्रयोगकर्ताले उक्त झुम्कालाई रिद्धिमाले डिजाइन नगरेको बताउँदै यो जापानी गहना डिजाइनर मिकिमोतो कोकिचीको जुलरी ब्रान्डबाट चोरी गरिएको दाबी गरे । रिद्धिमाले जुन तस्बिर सेयर गरिन् त्यो पनि मिकिमोतोको वेबसाइटबाटै लिइएको प्रयोगकर्ताले दाबी गरे ।
मिकिमोतो कोकिची मोतीका गहनाका जापानी डिजाइनर एवं मिकिमोतो ब्रान्डका संस्थापक हुन् । उनलाई ‘किंग अफ पर्ल’को नामले पनि चिनिन्छ । सबैभन्दा पहिले मोतीलाई आकार दिएर त्यसलाई गहना बनाउने श्रेय उनैलाई जान्छ ।
यस्तो दाबी सार्वजनिक भएपछि रिद्धिमा कपूर साहनीले एक वक्तव्य जारी गरेको छ । सोसल मिडियामार्फत रिद्धिमाको तर्फबाट भनियो, ‘रिद्धिमा कपूर साहनी जूलरीले कुनै पनि प्रकारको वौद्धिक चोरीलाई प्रोत्साहन गर्दैन । मोतीका महान डिजाइनर मिकिमोतो कोकिचीद्वारा डिजाइन गरिएको मोती र हिराको झुम्कालाई पोष्ट गर्नेबेला वास्तविक डिजाइनरलाई ट्याग नगरेका कारण हामी माफी माग्छौं । हामी हरेक डिजाइनरको सम्मान गर्छौं र कहिले पनि उनीहरुको नक्कल र अपमान गर्दैनौं । धन्यवाद ।’

स्मरण रहोस्, रिद्धिमा कपूर गहनाको डिजाइन गर्छिन् । उनले बनाएको गहना बलिउड सेलिब्रिटीले पनि प्रामोट गर्छन् । उनी लगातार आफ्नो सोसल अकाउन्टमा उनको ब्रान्डमा बनेको गरगहनाको तस्बिर सेयर गरिरहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण